उत्पादकत्व कसरी बढाउने बारेमा अध्यक्ष राणा र एपीओ महासचिवबीच छलफल



 

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपाल भ्रमणमा रहनु भएका एशियाली उत्पादकत्व संगठन(एपीओ)का महासचिव डा. शान्थी कनाकतानापोर्न बीच महासंघ सचिवालयमा भेटवार्ता भएको छ ।

नेपालको तीन दिने भ्रमणमा आउनु भएका महासचिव कनाकतानापोर्न र अध्यक्ष राणा बीचको भेटवार्तामा उत्पादकत्व अभिवृद्धि, कृषिको व्यवसायीकरण\प्रविधिकरण र राष्ट्रिय उत्पादकत्व अभिवृद्धिमा सरकार–निजी क्षेत्र बीचको सहकार्य र अनुसन्धान तथा विकास एवम् एपीओबाट हुन सक्ने प्राविधिक सहयोग लगायतका विषयमा छलफल भएको थियो ।

बैठकमा अध्यक्ष राणाले एपीओ महासचिवको स्वागत गर्नु हुदै एपीओबाट नेपाललाई प्राप्त सहयोग एवं सहकार्यको प्रशंसा गर्नुभयो । अध्यक्ष राणाले महासंघले कृषिको व्यवसायिकरण, रोजगारी सृजना तथा मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जानकारी गराउनु भयो । अध्यक्ष राणाले नेपाली निजी क्षेत्रलाई आवश्यक तालीम मार्फत उत्पादकत्व अभिवृद्धिमा सघाउन एपीओलाई आग्रह समेत गर्नुभयो ।

महासंघको प्रोडक्टीभीटी एण्ड इनोभेशन समितिका सभापति मनिषलाल प्रधान, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रका महाप्रवन्धक अञ्जना ताम्राकार, महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी, महासंघका उपमहानिर्देशक मीना श्रेष्ठ सहित व्यवसायीहरूको सहभागिता रहेको उक्त भेटवार्तामा एपीओ महासचिव डा. कनाकतानापोर्नले नेपालको आर्थिक विकास र उत्पादकत्व अभिवृद्धिमा सहयोग गर्न आफू तयार रहेको विश्वास दिलाउनु भयो । साथै उहा“ले राष्ट्रिय उत्पादकत्व अभिवृद्धिका लागि राष्ट्रिय गुरुयोजना बन्नुपर्नेमा समेत जोड दिनु भएको थियो ।

कृषिलाई आधुनिक, प्रविधिमैत्री र यूवाहरुलाई आकर्षित गर्ने ढंगबाट योजना तथा कार्यक्रम आउनु पर्ने सुझाव दिनुहुंदै महासचिव डा. कनाकतानापोनले कृषिको उत्पादकत्व अभिवृद्धिमा कसरी सहयोग गर्न सकिन्छ, त्यसलाई एपीओले उच्च प्राथमिकतामा राखेर सहयोग गर्ने विश्वास दिलाउनु भयो ।

 


क्लिकमान्डु