मेस्सी र रोनाल्डोले कति गर्छन् बीमामा खर्च ? यस्तो छ सूचि



विश्वकप फुटवल चलिरहेको छ । ४ वर्षमा हुने विश्वकपको रौनक विश्वभर नै छाएको छ ।

विश्वकपसँगै खेलाडीका विभिन्न चर्चा हुने गर्छन् । विश्वकपमा महंगा खेलाडीले महंगो रकम नै तिरेर बीमा गराएका छन् । हेरै कसले कतिमा बीमा गर्छन् ।

लियोनेल मेस्सी

अर्जेन्टीनाका फुटबल स्टार तथा राष्ट्रिय टोलिका कप्तान समेत रहेका मेस्सीले आफ्ना खुट्टाको बीमा गराएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएको जानकारी अनुसार उनले आफ्नो खुट्टाको  ७ सय ५० मिलियन युरो बराबरको बीमा गराएका छन् ।

क्रिस्टीयानो रोनाल्डो

पोर्चुगलका कप्तान तथा रियल म्याड्रीडका खेलाडी रहेका रोनाल्डोले आफ्नो खुट्टाको बीमा गराएका छन् । आफ्नो खुट्टाको सिपका कारण नै आफु चर्चित बनेको बताउँदै उनले खुट्टाको सुरक्षाका लागि बीमा गर्नु परेको बताएका थिए । उनले १ सय ४४ मिलियन अमेरीकी डलर रकम बराबरको बीमा गराएका छन् ।

म्यानुयल नुयर

जर्मनको राष्ट्रिय टोलिका कप्तान समेत रहेका नुयरले आफ्नो हातको बीमा गराएका छन् । उनी गोलकिपर हुन् । उनले ४.३ मिलियन अमेरीकी डलर रकम बराबरको बीमा गराएका छन् । सन् २०१४ को फिफा विश्वकप विजेता हुँदा पनि उनी जर्मनको कप्तानी भूमिकामा थिए ।

डेभिड बेकह्याम
इंल्याण्डका चर्चित फुटबल खेलाडी बेकहमले आफ्नो पुरै शरिरको बीमा गराएका थिए । उनले अहिले फुटबल खेल्न छाडिसकेका छन् । उनले १ सय मिलियन डलर बराबरको बीमा गराएका थिए ।

आईकेर क्यासिलास

गोलकिपर रहेका क्यासिल्लाले आफ्नो हातको बीमा गराएका थिए । अहिले स्पेनको राष्ट्रिय टोलिमा नरहे पनि उनले ९ मिलियन डलरको बीमा गराएका थिए ।


क्लिकमान्डु