प्रुडेन्सियल इन्स्योरेन्सद्वारा खाद्यान्न तथा झुल वितरण



 

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आफ्नो १६ औं वार्षिकोत्सवका अवसरमा तराईका विभिन्न जिल्लाका विपन्न परिवारहरुलाई खाद्यान्न तथा झूल वितरण गरेको छ ।

कम्पनीले पर्सा जिल्लाको बगही ६, कास्कीको पैंटे डाँडा र कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर २ मा आर्थिक रुपले विपन्न परिवारहरुलाई झूल तथा खाद्यान्न वितरण गरेको हो ।

तराईमा गर्मीयाममा लामखुट्टेको टोकाईबाट मलेरिया लगायतका रोगहरुको प्रकोप बढ्ने र खास गरी विपन्न परिवारहरु यस्ता रोगबाट बढी पीडित हुने गरेको हुनाले राहत स्वरुप झूल वितरण गरेको कम्पनी सचिव आनन्द खड्काले जानकारी दिए ।

कम्पनीले नेपाल अधिराज्यभर रहेका ४२ वटा शाखा कार्यालयहरुबाट मोटर बीमा, अग्नी बीमा, सामुन्द्रिक बीमा, स्वास्थ्य बीमा, बाली तथा पशु बीमा तथा लघु बीमाको सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले हालसम्म १२८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरिसकेको जानकारी दिएको छ ।


क्लिकमान्डु