जनरल ईन्स्योरेन्सद्धारा कारोबार सुरु



काठमाडौं । नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले बुधबारदेखि आफ्नो उपस्थितिजनाएको छ ।

कम्पनीले बीमा समितिबाट संचालनको अन्तिम स्वीकृतिप्राप्त गरे पश्चात् आजअसार ६ गते बुधबारबाट कम्पनीको कर्पाेरेट कार्यालय काठमाडौं हात्तिसारबाट एक औपचारिक कार्यक्रमकाबीच कम्पनीका अध्यक्ष कुनाल क्यालबाट कार्यालय उद्घाटन पश्चात् सेवा शुभारम्भ गरेको छ ।

कम्पनीको कूल चुक्ता पुँजीमध्ये ७० प्रतिशत लगानी संस्थापकको र बाँकी ३० प्रतिशत सर्बसाधारणको रहने छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब रहेको छ ।

नेपालको प्रतिष्ठित वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्थातथा प्रतिष्ठित व्यापारिक घरानासमेतकोलगानी रहेको यस कम्पनीले छिट्टै सर्वसाधारणमा शेयर समेत जारी गर्ने योजना रहेको छ ।

अनुभवी एवं दक्ष उच्च व्यवस्थापन रहेको यस कम्पनीमा महाप्रबन्धकको रुपमा एस के तमोट रहेका छन ।

आगामी दिनबाट नै समस्त नेपालीकालागीबीमाको नयाँनयाँप्याकेज लिएर देशैभर शाखा सञ्जालमार्फतआफ्नो दरिलो उपस्थितिजनाउने तयारीमाजनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड रहेको छ ।


क्लिकमान्डु