आइएमई लाइफ इन्स्योरेन्सको विक्री प्रवन्धकमा सिभिल क्यापिटल मार्केट



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको एक सय रुपैयाँ अंकित को दरले ६० लाख कित्ता सेयर निष्कासनको लागि सिभिल क्यापिटललाई नियुक्त गरेको छ ।

उक्त शेयर निष्काशन तथा विक्री प्रवन्ध गर्नका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्पmबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र सिभिल क्यापिटल मार्केटका तर्फबाट निमित्त कार्यकारी प्रमुख सुमन आचार्यले हस्ताक्षर गरे ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रहेकोमा कम्पनीको चुक्ता पुँजी २ अर्ब कायम हुने छ ।

सेयर निष्कासनपछि कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ७० प्रतिशत हुने छ भने साधारण सेयरधनीको स्वामित्व ३० प्रतिशत हुने छ ।


क्लिकमान्डु