राष्ट्रिय सम्मान सहित डा. देवकोटाको अन्त्येष्टि



काठमाडौँ । वरिष्ठ स्नायु रोग विशेषज्ञ डा उपेन्द्र देवकोटाको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

त्यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले देवकोटाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर राष्ट्रका तर्फबाट सम्मान व्यक्त गरेका छन् ।

श्रीमती मधु देवकोटा दीक्षित, छोरीहरु मेघा, वसुधा र मञ्जरीले पार्थिव शरीरमा दागबत्ती दिएका थिए ।

पित्त नलीको क्यान्सरबाट छ महिनादेखि पीडित डा देवकोटाको सोमबार ३ः३५ बजे बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको थियो ।

आज बिहान ८ बजेदेखि श्रद्धाञ्जलिका लागि अस्पताल परिसरमै पार्थिव शरीर राखिएपछि दिउँसो १ः०० बजे शवयात्रासहित पशुपति पु¥याइएको थियो ।

उनको अन्तिम दर्शनका लागि राजनीतिक दलका नेता, उच्च सरकारी अधिकृत, चिकित्सक, बिरामी तथा सर्वसाधारण ठूलो संख्यामा अस्पताल पुगेका थिए ।

डा देवकोटाको सात दिनसम्म गरिने काजकिरिया श्रीमती तथा छोरीहरुले गर्ने अस्पतालले जनाएको छ ।

विसं २०१० पुस ४ गते जन्मनु भएका डा देवकोटाले आफ्नो जीवनको करीब ३५ वर्ष नेपालको स्वास्थ्य सेवामा स्नायु विशेषज्ञका रुपमा बिताएका थिए ।


क्लिकमान्डु