इटहरीमा ६ करोडको लागतमा चलचित्र घर



इटहरी । सुनसरीको इटहरीमा करीब रु ६ करोडको लागतमा सुविधा सम्पन्न चलचित्र घर निर्माण गरिएको छ ।
इटहरी उपमहानगरपालिका–४ मा पाँच कठ्ठा जमिनमा निर्माण गरिएको ‘इलाइट चलचित्र भवन’को आजबाट संञ्चालनमा आएको छ ।

दुईवटा प्रदर्शन हल रहेको हल ३ सय १६ जना अटाउने क्षमताको छ । चलचित्र निर्माता छवि ओझा, चलचित्र वितरकका रुपमा कार्यरत कुवेर शर्मा र कलाकार पृथ्वी प्रसाईंले उत्त हलमा लगानी गरेका छन् ।

इटहरीमा यसअघि सञ्चालनमा रहेका श्रीकृष्ण टाकिज र पशुपति चलचित्र भवन हाल बन्द छन् ।


पुष्प दुलाल