यस्तो छ ५ किलो सुनको विश्वकप ट्रफीको इतिहास




आजबाट विश्वकप फुटलको २१ औँ संस्करण रुसमा सुरु हुँदैछ । विश्वभरका मानिसको ध्यान अहिले रुसमा केन्द्रीत छ । विश्वकपमा विजयी हुने टोलीले प्राप्त गर्ने ट्रफी विश्वका धेरे देशमा प्रर्दशन गरिन्छ । यस वर्षको ट्रफी कस्तो छ त ?

यो वर्ष विजेताले पाउने ट्रफी
सन् १९७४ देखि यता ट्रफीको डिजाईनमा कुनै परिवर्तन आएको छैन । यो ट्रफीको डिजाईन इटालीका कलाकार सिल्लिभो गाजियानिगाले गरेका हुन् । सन् १९७४ मा विश्वकप ट्रफी डिजाईनका लागि विश्वभरका ५३ जना आर्टिष्ट प्रतिस्पर्धामा थिए ।

१४ दशमलव ४ इन्च अग्लो यो ट्रफीमा १८ क्यारेटको ५ किलो सुन प्रयोग गरिएको हुन्छ । सन् २०१७ को बजार मूल्य अनुसार यो ट्रफिको मूल्य १ लाख ५० हजार अमेरीकी डलर बराबर हो ।

ट्रफीको पैसामा मूल्याङकन जस्तो देखिएपनि यथार्थमा भने विश्वकप ट्रफीलाई अमूल्य मानिन्छ । संसारभरका फुटबल खेलाडीको सपना यही ट्रफी चुम्ने हुन्छ ।

ट्रफीको बेस (तल्लो भाग) को आयतन १३ सेन्टिमटर छ । यसको बेसमा तामा र कार्बोनेटको मिश्रण मेलासाईट नामक पदार्थ प्रयोग गरिएको छ । ट्रफीको तल्लो भागमा देखिने हरियो रेखा यही पदार्थले तयार गरिएको हो ।

फिफा विश्वकपमा पहिलोपटक प्रयोग गरिएको ट्रफीलाई भिक्टरी भनिन्थ्यो । यो नाम ग्रिककी देबीको नामबाट लिईएको हो । त्यसपछि फिफाका संस्थापक जुल्स रमिटको नामबाट उक्त ट्रफीको नामाकरण गरियो ।

जुल्स रमिट ट्रफी सन् १९७० सम्म मात्रै प्रयोगमा ल्याईयो । १९७० पछि फिफाले नयाँ ट्रफी तयार गरेको हो । यसलाई फिफा विश्वकप ट्रफिी भन्न थालियो ।


क्लिकमान्डु