रेष्टुरेन्ट र लाउञ्जमा बसेर हेर्ने हो विश्वकप ? यहाँ छ यस्तो सुविधा




  1. काठमाडौ । विश्वकप फुटबल सुरु हुन केही दिन मात्रै बाँकी छ । संसारभरको आधा जनसंख्याले विश्वकपको प्रत्यक्ष प्रसारण हेर्ने समेत बताईएको छ ।

नेपालमा पनि विश्वकप हेर्ने दर्शक लाखौँको संख्यामा रहेका छन् । यस्तै दर्शकलाई लक्षित गर्दै उपत्यकाका विभिन्न रेष्टुरेण्ट तथा लाउञ्जले प्रोजेक्टरमा विश्वकप देखाउने तयारी गरेका छन् ।

घरमा सानो टेलिभिजनमा भन्दा रेष्टुरेण्ट तथा लाउञ्जमा बसेर ठूलो पर्दामा विश्वकप हेर्दा बेग्लै मज्जा आउने बर्ताइन्छ । यति मात्रै होईन, सार्वजनिक स्थान र चोकमा पनि प्रोजेक्टरमा फुटबल हेर्नेहरुको ठूलो भिड लाग्ने गर्छ ।

फुटबल प्रेमीलाई लक्षित गरेर उपत्यकाका विभिन्न क्याफे, लाउञ्ज तथा रेष्टुरेण्टले विभिन्न योजना ल्याएका छन् ।

किंग्स लाउञ्ज
दरबारमार्गमा रहेको यो लाउञ्जले विश्वकप उद्घाटनकै दिनमा एड्रिन प्रधानको लाईभ संगित सुन्न सकिने व्यवस्था मिलाएको छ । यसका अलवा किंग्स लाउञ्जले विश्वकप अवधिभर नेपाली फुटबल खेलाडी, कोच सिनेकर्मीलाई पनि आमन्त्रण गर्ने किंग्स लाउञ्जका  सन्चालक संगम राईले बताए ।

फुटबल हेर्न आउनेदर्शकलाई लाउञ्जले गिफ्ट ह्याम्पर पनि दिने बताएको छ । प्रत्यक्ष रंगशालामै खेल हेरेका अनुभूति दिलाउनेगरि फुटबल देखाउने व्यवस्था मिलाएको किंग्स् लाउञ्जले जानकारी दिएको छ । विश्वकप अवधिभर लाउञ्जले विभन्न सांगितिक प्रस्तुति पनि देखाउने बताएको छ ।

स्काई लाउञ्ज
यो वर्षको फिफा विश्वकप स्काई लाउञ्जले प्रोजेक्टरको माध्यमबाट देखाउने भएको छ । एक सय जना भन्दा धेरैको क्षमता भएको यो लाउञ्जले आफ्ना ग्राहक तथा दर्शकलाई पेय पदार्थ र खाद्य परिकारमा छुट पनि दिने बताएको छ । हात्तिसारमा रहेको लाउञ्जले विश्वकपको अवधिभर आफ्ना ग्राहकलाई विश्वकप देखाउने बताएको छ । यसका साथै उसले यही अवधिमा विभिन्न लाईभ म्युजिक प्रस्तुति पनि गर्ने छ ।

लायकु क्याफे, लाउञ्ज एण्ड बार
बसन्तपुर दरबार स्क्यवायर क्षेत्रभित्र रहेको यो बारले पनि आफ्ना ग्राहकलाई प्रोजेक्टरको माध्यमबाट विश्वकप हेर्ने व्यवस्था गरेको छ । लायकु बारमा ३ सय जनासम्मले एकैपटमा विश्वकप हेर्न सक्ने छन् । यसका साथै बारले पेय पर्दाथमा बाई टु गेट वान अफर पनि राखेको छ ।

खानेकुरामा पनि विश्वकप अवधिभर छुट हुने बारले जानकारी दिएको छ । क्याफेले दर्शको सुरक्षाका लागि पनि स्थानीय प्रशासनसँग छलफल गरिसकेको जानकारी दिएको छ ।

डाईनिंगपार्क
मध्यबानेश्वरमा रहेको पार्कले पनि विश्वकप देखाउने तयारी पूरा भएको बताएको छ । २ सय जनाले एकैपटक विश्वकप हेर्न सक्ने क्षमता भएको पार्कले विश्वकप अवधिभर आफ्ना ग्राहकलाई रोचक गेम खेलाउने पार्कका म्यानेजर महेश धितालले जानकारी दिए । यसका साथै पार्कले विश्वकप अवधिभर सांगितिक कार्यक्रम गर्ने पनि जानकारी दिएको छ ।

लिटिल इटाली
कमलादीमा रहेको लिटिल इटालीले पनि विश्वकप देखाउने छ । यसअघिका वर्षमा पनि निरन्तर विश्कप देखाउँदै आएको इटालीले यो वर्षको विश्वकपमा पेयपर्दामा छुट दिने बताएको छ ।

यसका साथै इटालीले खाद्यपदार्थमा पनि छुट दिने बताएको छ । विश्वकप अवधिमा अवधिमा लिटिल इटालीले केही सांगितिक कार्यक्रम पनि गर्ने बताएको छ ।

सुरक्षा व्यवस्था चुस्त
विश्वकप अवधिभर उपत्यकाका विभिन्न चोक, सर्वाजनिक स्थान र रेष्टुरेण्टमा फुटबल देखाउने भएपछि नेपाल प्रहरीले पनि उपत्यकाको सुरक्षा व्यवस्था चुस्त राख्ने बताएको छ ।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले विश्वकप अवधिभर फुटबल देखाउने स्थानमा प्रहरी खटाउने बताए । उनले रेष्टुरेण्ट, होटल तथा सार्वजनिक स्थलमा फुटबल हेर्दा होहल्ला गर्ने र असहज गतिबिधि गर्नेलाई प्रहरीले तुरन्तै कार्बाही गर्ने पनि बताए ।

फुटबल देखाईने स्थानमा सादा पोसाकमा पनि प्रहरी परिचालन गरिने उनले बताए । नेपाल प्रहरीले विश्वकप अवधिभर उपत्यकाको सुरक्षा व्यवस्था बिग्रिन नदिन थप प्रहरी परिचालन गर्ने बताएको छ ।

प्रहरीले फुटबल प्रेमीलाई फुटबल हेर्न नाममा होहल्ला तथा अनैतिक क्रियाकलाप नगर्न पनि आग्रह गरेको छ । प्रहरीले समग्र फुटबल प्रेमीलाई सार्वजनिक स्थल तथा रेष्टुरेण्टमा गएर ढुक्कसँग फुटबल हेर्न समेत आग्रह गरेको छ ।


क्लिकमान्डु