साबुनका टुक्राबाट यसरी ह्याण्डवास बनाउनुहोस्, पैसा जोगाउनुहोस्



काठमाडौं । घरमा नुहाउन प्रयोग गर्ने साबुन प्रयोग पश्चात सानो हुन्छ । साबुन सानो भएपछि यसलाई यत्तिकै फाल्ने गरिन्छ । तर यस्तै स साना साबुनका टुक्राबाट ह्याण्डवास बनाउन सकिन्छ ।

कसरी बनाउने साबुनबाट ह्याण्डवास

सबैभन्दा पहिलो साबुनका स साना टुक्रालाई एकैठाउँमा जम्मा गर्नुहोस । जम्मा गरेका टुक्रालाई चक्कुले मसिनो हुनेगरि काट्नुहोस ।

काटिएका साबुनका टुक्रालाई मिक्सरमा राख्नुहोस ।

मिक्सरमा साबुनका टुक्रा राखिसकेपछि साबु डुब्ने गरि पानी पनि राख्नुहोस ।

त्यसपछि साबुनको गाढा पेष्ट हुनेगरि मिक्सर चलाउनुहोस ।

पेष्ट तयारभएपछि पेष्टमा एक गिलास तातो पानी र एक बिर्को डिटोल राखेर एक मिनेसम्म घोल्नुहोस ।

यसरि घोलेर बनाएको झोललाई अब ह्याडवासको रुपमा प्रयोग गर्न सकिन्छ ।

यसले तपाईको ह्याण्डवासमा हुने खर्च जोगाउँछ र साबुन खेरजानबाट पनि बचाउँछ ।


क्लिकमान्डु