विश्वकप फुटवलको नेपालीमै कमेन्ट्री प्रसारण गर्दै डिसहोम (भिडियोसहित)




काठमाडौं । यस पटकको फिफा विश्वकप नेपालीमै हेर्न पाईने भएको छ । नेपाली दर्शकलाई लक्षित गर्दै डिस होमले फिफा विश्वकपको कमेन्ट्री नेपालीमै प्रशारण गर्ने भएको छ ।

डिस होमका ग्राहकले डिस होम स्र्पोटस् च्यानलमा विश्वकप नेपालीमा हेर्न पाउने छन् । यस अघि पनि विश्वकप प्रसारण गर्दै आएको डिसहोमले यस वर्षदेखि भने नेपाली भाषामै कमेन्ट्री प्रसारण गर्ने तयारी गरेको डिसहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले जानकारी दिए ।

‘हामीले यसअघि पनि फिफा वल्र्डकपको लाइभ प्रसारण गर्ने गरेका थियौं, यसपटकको वल्र्डकपको भने नेपाली कमेन्ट्री पनि प्रसारण गर्दैछौं,’ आचार्यले क्लिकमाण्डूसँग भने ।

नेपाली दर्शकलाई फुटबलसंग अझै नजिक ल्याउनका लागि नेपाली भाषामै कमेन्ट्री प्रसारण गर्ने तयारी गरेको डिसहोमले बताएको छ ।

सबै नेपाली दर्शकले अंग्रेजी भाषा नबुझ्ने भन्दै डिस होमले आफ्ना ग्राहका लागि लाईभ (प्रत्यक्ष) फुटबलमा नेपाली भाषामै कमेन्ट्री प्रसारण गर्ने योजना बनाएको हो ।

रसियामा यही जुन १४ तारिखबाट हुन लागेको विश्वकपका सबै खेलको प्रत्यक्ष नेपाली भाषामा कमेन्ट्री प्रसारण गर्ने छ ।


क्लिकमान्डु