एशियन लाईफ र महालक्ष्मी विकास बैंकबीच बैंकासुरेन्स सम्बन्धी सम्झौता



काठमाडौं । एशियन लाईफ ईन्स्योरेन्स र महालक्ष्मी विकास बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ ।

सम्झौतामा एशियन संझौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्क्षतार गरे ।

बैंकासुरेन्सको माध्यमबाट महालक्ष्मी विकास बैंककाशाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएका सावधिक र म्यादी गरी १८ वटा जीवन बीमा योजनाहरु खरिद गर्न सहजता प्रदान गर्नेछ ।

अब एशियन लाईफका बीमा योजनाहरु तथा बीमा सेवाहरु सजिलैसँग बैंकको नेपालभरिका ७१वटा शाखा कार्यालयहरुबाट समेत लिन सकिनेछ ।


क्लिकमान्डु