नेपालमा चिनियाँ लगानीः अफ्रिकी देशहरुबाट पाठ सिक्ने कि !




काठमाडौ. । प्रधानमन्त्री केपी शर्मा ओली आगामी असारको पहिलो साता चीनको भ्रमणमा जान लागेका छन् । देशको कार्यकारी प्रमुखको हैसियतमा दोस्रो पटक चीन जान लागेका उनी केही महत्वकाक्षी एवम् केही आशाका नजर राख्दै जान लागेको छन् ।

अनौपचारिक रुपमा र पार्टी नेताका रुपमा उनी पटक पटक चीन भ्रमणमा गए । तर कार्यकारी प्रमुख भएपछि उनको यो दोस्रो भ्रमण हो ।

विशेष गरी भारतले नेपालमा नाकाबन्दी गरेपछि नेपालमा चीन केन्द्रीत राष्ट्रवाद रामै्रसँग मौलायो । उद्यपि आर्थिक विकास, प्रविधिमा आएको विकास तथा छिमेकी देश पनि भएकाले चीनले गरेको प्रगतिबाट नेपालले फाइदा लिनै पर्दछ । सुख दुःखमा नेपालाई चीनले सहयोग गर्दै आइरहेको छ ।

चीन र नेपालबीच उच्चस्तरीय राजनीतिक भ्रमण पनि भइरहेका छन् । मात्रात्मक रुपमा हेर्दा नेपालबाट बढी र चीनबाट कम मात्रै उच्चस्तरीय राजनीतिक भ्रमण भएको छ । तर नेपाललाई चीनले उपलब्ध गराएको सहयोग नै महत्वपूर्ण रहेको छ ।

यहाँ चीनले नेपाललाई उपलब्ध गराएको सहयोगभन्दा पनि चीनले संसारका केही देशमा गरेको लगानी र त्यसबाट उसले के चाहिरेको छ भन्ने तथ्यका पेरीफेरीमा चिनियाँ सहयोग नेपालका लागि कुन सन्दर्भमा ठिक वा बेठिक भन्ने कोणबाट विश्लेषण गर्न खोजिएको छ ।

‘मित्र फेर्न सकिन्छ, छिमेकी फेर्न सकिदैन’ भन्ने भनाइ नेपाली समाजमा लोकप्रिय छ । के नेपालको हितमा नै चीनले काम गरिरहेको छ ? वा उसको व्यापारिक उद्देश्य प्राप्तिका लागि सहयोगको हात फैलाएको छ भन्ने तथ्य बुझ्नु जरुरी छ ।

विशेष गरी पछिल्लो दिनमा चीनले अफ्रिकी मुलुकहरुमा लगानी बढाएको छ । अफ्रिकी देशमा प्राकृतिक रुपमा प्राप्त भएका खनिज, सुन, इन्धन, कोबाल्ट, स्टिल तथा यूरेनियमको खानी रहेको छ ।

संसारभर नै आपूर्ति हुने सुनको करिब ५६ प्रतिशत हिस्सा अफ्रिकी देशहरुमा रहेको छ ।

चीनको एक्जिम बैंकले इथोपिया, अंगोला, केन्या, सुडान, क्यामरुन, डेमोक्रेटिक रिपक्लिक अफ कंगोमा वृहद तथा विशेष लगानी गरेको छ । यस्तै इजिप्ट, नाइजेरिया, अल्जेरिया, दक्षिण अफ्रिका, मोजाम्बिक, नाइजर, जाम्बिया र मोरक्कोमा समेत पछिल्लो १४ वर्षमा ३०० प्रतिशत बढीले लगानी बढाएको छ ।

गरिबी, भोक, रोग र शोकमा रहेको अफ्रिकी देशहरुमा चीनले गरेको लगानीको प्रयोजन के हो त ? ती देशहरुमा नै प्रश्न उठन थालेको छ ।

यद्यपि ती देशमा रेलमार्ग, विशाल हवाई मैदान, सडक निर्माणमा चीनले ठूलो धनराशी खन्याएको छ ।

सन् २००० मा चीन र अफ्रिकाको व्यापार मात्रै १० बिलियन अमेरिकी डलर बराबरको रहेको थियो । सन् २०१४ मा आइपुग्दा त्यो बढेर २२० बिलियन पुगेको छ । त्यो सन् २०१८ को अन्त्यमा पुग्दा करिब ५०० विलियनको हाराहारीमा पुग्ने अनुमान गरिएको छ ।

चीनले अंगोला र नाइजेरियाबाट इन्धन र सुडानबाट तामा, जाम्बिया र कंगोबाट तामा र नामिबयिाबाट यूरेनियम लिएको छ । लगानी योग्य रकमको अभावमा रहेका विशाल र भीमकाय खानी अहिले चीनको कब्जामा पुगेको छ ।

यस्तै कंगोको विशाल माइन खानी समेत चीनको स्वामित्वमा पुगेको छ । पूराना रुख तथा काठ, सुन समेत करिब करिब अवैध रुपमा नै चिनियाँ व्यापारीको कब्जामा पुगेको छ । यस्तै रणनीतिक महत्वका व्यापारिक क्षेत्र तथा जग्गा समेत चिनियाँ व्यापारीले लिएका छन् ।

अनुसन्धनकर्ता जोन्स होप्किनकाअनुसार सुडानको तेल खानी चीनले लिएको छ भने मिनरलमा धनी रहेको कंगोको अधिकांश हिस्सा समेत चीनको पोल्टामा पुगेको छ । विगतमा अमेरिकी कम्पनीको प्रभूत्व रहने त्यस्ता खानी पछिल्ला दिनमा चीनले लिएको छ ।

चीनले सन् २०१७ सम्म आइपुग्दा अफ्रिकामा करिब ३० प्रतिशत बढी लगानी बढाएको छ ।

चीनले ती देशका माइनिङ, निर्माण सेवा, उत्पादन, आर्थिक तथा वित्तीय क्षेत्र, वैज्ञानिक अनुसन्धान तथा प्रविधिको क्षेत्र र अन्य क्षेत्रमा समेत लगानी बढाएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार चिनियाँ लगानी र व्यापार सन् २००३ को तुलनामा अहिले १५० बिलियन अमेरिकी डलरले वृद्धि भएको छ । जबकि अमेरिकी व्यापार घटेर ५० बिलियन डलर भन्दा कम हुन पुगेको छ ।

चीनले ५२ वटा कुटनीतिक नियोग तथा दूताबास अफ्रिकी देशमा स्थापना गरेको छ । जबकि अमेरिकाको ४९ वटा मात्रै रहेको छ । २ हजार शान्ति स्थापक सैनिक कंगो, माली, लिबियिा , सुडान र दक्षिणी सुडानमा तैनाथ गरिएको छ ।

विगतमा अमेरिकाले अफ्रिकी देशमा जमाएको एकाधिकार पछिल्लो समयमा चीनको पोल्टामा पुगेको छ । तर जनतामा भने चिनियाँप्रतिको धारणा अफ्रिकी देशमा बढ्ता रहेको छ ।

अफ्रिकाका करिब ७० प्रतिशत जनता चीन तथा चिनियाँ लगानी आफूहरुको हितमा रहेको ठान्छन् । एसियामा त्यसको मात्रा ५० प्रतिशतको हाराहारीमा छ । यस्तै दक्षिण अमेरिकामा पनि अवस्था त्यस्तै रहेको छ ।

यूरोपेली देशमा भने ४० प्रतिशतले मात्रै चिनियाँ लगानी ठिक मान्छन् । तर विकास निर्माणको स्थायित्व र विकासको गतिमा भने अमेरिकी मोडल नै प्रसिद्ध रहेको पाइएको छ । ३० प्रतिशतले अमेरिकी मोडल ठिक मान्छन्, जबकि चिनियाँ मोडललाई २३ प्रतिशतले ठिक मान्छन् ।

सन् २०१६ मा अप्रोव्यारो मिटर सर्भेले गरेको सर्वेक्षणमा ६३ प्रतिशतले चिनियाँ प्रभाव बढ्दै गएको देखाएको थियो ।

चिनियाँलाई के थाहा छ भने अफ्रिकी देशका जनता के चाहन्छन् र त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ ? तर अमेरिकनलाई त्यो कुरा थाहा पाउनै समय लाग्छ ।

केन्या स्कूल अफ लका लुमुम्बा पिएलओ भन्छन् –सामान्य तवरले नै चिनियाँले अफ्रिकी देशमा रहेका प्राकृतिक स्रोत साधन र खानी क्रमशः आफ्नो प्रभूत्वमा ल्याउन सफल भएका छन् ।

तत्काल विकास निर्माणमा चिनियाँ सहयोग बढेको देखिएपनि त्यो भन्दा हजार गुणा बढी प्राकृतिक स्रोत तथा साधन चिनियाँ स्वामित्वमा पुग्दा त्यसले पार्ने प्रभाव कति विकराल र भयावह बन्ला त्यसतर्फ कोही कसैले पनि सोचेको छैन ।

ग्लोबल रेभेन्यू मध्ये चिनियाँ कम्पनी हुवाबेले १५ प्रतिशत त अफ्रिकाबाट ल्याउँछ । अधिकांश विकास निर्माणका काममा अफ्रिकी नागरिकलाई नदिएर चिनियाँ कम्पनीले आफ्नै कामदार लैजाने गरेका छन् । विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाको सहयोगमा


क्लिकमान्डु