विश्वकप फुटबल,रसियाको अर्थतन्त्रमा ३० अर्ब डलरको योगदान हुने अनुमान



विश्व खेलकुदको महासंग्रामका रुपमा परिचित फिफा विश्वकप २०१८ नजिकिएको छ ।

विश्वभरका फुटबल प्रेमिको ध्यान रसियामा केन्द्रित भएको छ । प्रत्येक चार वर्षको अन्तरालमा हुने फिफा विश्वकपले आयोजक देशको अर्थतन्त्रमा पनि उत्तिकै प्रभाव पार्छ ।

अर्थतन्त्र सुधार र आफ्नो आर्थिक शत्तिमा बृद्धि गर्नका लागि पनि विश्वभरका देश विश्वकप आयोजना गर्न हौसिने गर्छन् । लामो समय युरोप र अमेरिकासंग तनावग्रस्त सम्बन्ध रहेको रसियाको अर्थतन्त्रमा यो वर्षको विश्वकपले कस्तो प्रभाव पार्ला भनेर अहिले विश्वभर आकंलन गर्न थालिएको छ ।

रसियन सरकारको अनुमान अनुसार विश्वकप २०१८ ले रसियन अर्थतन्त्रमा तत्काल ३१ अर्ब अमेरिकी डलर रकम बराबरको प्रभाव पार्ने बताईएको छ । फिफा विश्वकपले रसियाको कुल ग्राहस्थ उत्पादनमा २६ देखि ३० अर्ब अमेरिकी डलरसम्म असर गर्ने रसियाको सरकारी रिपोर्टले देखाएको छ ।

रसियाले २०१८ को विश्वकपका लागि ६ सय ८३ विलियन डलर खर्च गर्ने बताएको छ । फिफा विश्वकपले मात्रै रसियामा २ लाख २० हजार नयाँ रोजगारी सिर्जना गर्ने रसियन सरकारले बताएको छ ।

हालै सार्वजनिक एक रिर्पोटका अनुसार रसियाले आफ्ना स्थानीय संगठन जसले विश्वकपमा सघाउने छन् तिनिहरुका लागि ६ सय २७ मिलियन अमेरीकी डलर छुट्याएको छ ।

फुटबलको पुरस्कारका लागि भनेर ४ सय मिलियन र टेलिभिजन उत्पादनका लागि २ सय ४१ मिलियन, सूचना प्रविधिका लागि ७८ मिलियन अमेरीकी डलर छुट्याएको छ ।

त्यस्तै फुटबल खेलाडीको खान बस्न खर्च बापत ४० मिलिनय र खेलाडी तथा अन्यको बीमा वापत ३२ मिलियन खर्च गर्ने बताईएको छ ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा फुटबलको सर्वोच्च निकाय फिफाले ४.८ विलियन अमेरिकी डलर आम्दानी गरेको रिर्पोट सार्वजनिक गरेको थियो ।

उक्त रिर्पोट अनुसार फिफाले २.२ विलियन ब्राजिलमा खर्च गरेको थियो । सन् २०१४ मा फिफाले टेलिभिजन प्रत्यक्ष प्रसारण वापत २.४ विलियन, १.६ विलियन स्पोनसरशिपबाट र ५ सय २७ मिलियन अमेरीकी डलर टिकट विक्रि गरेर आम्दानी गरेको बताएको थियो ।

रसियाका विभिन्न ११ सहरमा जुन १४ तारिखदेखि सञ्चालन हुने विश्वकपले रसियाको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा लिईएको भएपनि कति सकारात्मक प्रभाव पार्छ भन्ने अहिल्यै बताउन नसकिने रसिया सरकारले बताएको छ ।

२०१८ को विश्वकप १० लाख विदेशी नागरिक र ७० हजार रसियनले प्रत्यक्ष रंगशालामै गएर हेर्ने बताईएको छ । विश्वकपका लागि भन्दै रसियाले १२ वटा रंगशाला तयार गरेको छ । यी १२ वटा रंगशालामा ५ लाख भन्दा धेरै दर्शक अटाउनेछन् ।

विश्वकपलाई नै लक्षित गरेर रसियाले ११ वटा विमानस्थलको स्तारोन्नती गरेको छ । ३ वटा नयाँ मेट्रो स्टेसन र १२ वटा नयाँ सडक निर्माण गरेको छ । यसका अलवा रसियाले १३ वटा नयाँ अस्पताल पनि तयार गरेको छ । २७ वटा नयाँ पाँच तारे होटल निर्माण गरेको छ ।

विश्वकपको तयारीका लागि रंगशाला निर्माण र पून निर्माणमा मात्रै १३ हजार जनाले रोजागरी पाएका थिए । फुटबल खेल हुने विभिन्न ११ वटा सहरमा ७१ प्रतिशतले विदेशी पर्यटक बढेका छन् ।

यो संख्या अझै बढ्ने अनुमान गरिएको छ । आन्तरिक पर्यटनमा पनि ५७ प्रतिशतले बृद्धि भएको छ । खेल सञ्चालन हुने ११ वटा शहरसम्म पुग्नको लागि ३१ वटा रेलवे मार्ग सञ्चालनमा ल्याईएको छ ।

रसिया विश्वकप आयोजक बन्ने घोषणा भएपछि मात्रै त्यहाँका खेलकुद विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या १४ प्रतिशतले बृद्धि भएको छ । रसियामा आधिकारीक रुपमा दर्ता भएका फुटबल क्लबमा खेलाडीको संख्यामा बृद्धि भएर ७ लाख ५० हजार पुगेको छ ।

विश्वकप र यौन बजार

विश्वकपको अर्को महत्पूर्ण आकर्षण यौन पनि हो । विश्वकप हुने देशमा विश्वभरबाट यौनकर्मी पुग्ने गरेको बताईन्छ ।

रसिया विश्वकप २०१८ का लागि नाईजेरियाबाट मात्रै १ सय ७० मिलियन यौनकर्मी आउने विभिन्न रिर्पोटले देखाएका छन् । रसियामा वेश्यावृती गैरकानूनी मानिदैन ।

रसियामा ५० डलर देखि ६ सय डलरसम्म तिरेर यौनकर्मी उपलब्ध हुन्छन् । रसियामा १६ वर्ष माथि यौन कानूनी मानिन्छ । युरो मेडियल पेपरका अनुसार रसियामा डाक्टरको संख्या भन्दा धेरै यौनकर्मीको संख्या छ ।

रसियामा १९ औँ शताब्दीको अन्ततिर मात्रै यौन व्यवसायलाई कानूनी मान्यता दिईएको थियो ।

भेनेजुयलाका प्रशिक्षकले खेलाडीलाई विथोल्न यौन व्यवसायी राखिने गरेको आरोप पनि लगाएका थिए । यसका अलवा नाइजेरियाका कोचले आफ्ना खेलाडीलाई विश्वकपभरी कुनै पनि युवतीसँग नजिकिनबाट रोक लगाउने बताएका थिए ।

यतिमात्रै होइन गत संस्करणको विश्वकप विजेता जर्मनीले पनि आफ्ना खेलाडीलाई विश्वकपको दौरान यौन सम्पर्क गर्न प्रतिबन्ध लगाएको छ ।

तर रसियाले भने खेलाडी बस्ने होटलको कोठामा कण्डम राखिने बताएको छ । सन् २०१४ को विश्वकपमा ब्रजिलले १ मिलियन यौन कर्मीलाई आधिकारीक रुपमा विश्वकपभरी यौन व्यवसाय गर्न अनुमति दिएको थियो । विश्वकपमा कतिपय दर्शक यौनकै लागि आउने बताईन्छ ।

रुसले एक कदम अगाडी बढ्दै सेक्स रोबोट होटल पनि सञ्चालन गरेको मस्कोमा द डल्स होटलमा यौनकर्मी रोबट राखिएको छ । यौनकर्मी रोबटको लागि ग्राहकले प्रतिघण्टा ८० अमेरीकी डलर तिर्नुपर्ने बताईएकमो छ । होटलमा विभिन्न साईजका ५ वटा रोबट राखिएको छ ।

सन् २०१० मा अफ्रिकामा भएको विश्वकपमा ४० हजार यौनकर्मीलाई अनुमति दिइएको थियो भने त्यहाँ ४ लाख भन्दा धेरै कण्डम विक्री भएको बताईन्छ ।
यो वर्षको विश्वकपमा पनि लाखौँको संख्यामा यौनकर्मी रुस आउने बताईएको छ । विश्वकप हुने रुसका ११ सहरमा कण्डम पसल र कण्डमका विज्ञापन प्रसस्तै देखिन थालिएको छ । रुसको आफ्नै उत्पादनले नपुग्ने देखेर अन्य देशबाट पनि कण्डम आयात गरिएको छ ।


क्लिकमान्डु