नोकिया यसरी उदायो र डुब्यो, के सम्भव छ नोकियाको पुनरागमन ?



सन् १८६५ मा फिनल्याण्डमा बहुराष्ट्रिय कम्पनीको रुपमा नोकिया स्थापना भएको थियो । नोकिया सञ्चार, सूचना प्रविधि र विद्युतिय सामाग्रीको उत्पादक थियो ।

नोकियाको परिचय सूचाना प्रविधि र संञ्चार क्षेत्रमा बृहत रुपमा फैलियो । जब पहिलोपटक नोकियाले मोबिरा नामक मोबाईल उत्पादकलाई खरिद गरेर सन् १९८२ मा पहिलो कार फोन निर्माण गरेको थियो जसको तौल १० किलो थियो ।

सन् १९८७ मा नोकियाले मोबिरा सिरिजको मोबिरा सिटी म्यान नाम दिईएको फोन निर्माण गर्यो । ८ सय ग्राम तौल सहितको यो फोनले नोकियाको मोबाइल फोनको मार्ग उज्वल देखायो ।

सन् १९९१ म फिनल्याण्डका प्रधानमन्त्रीले नोकियाको फोनबाट पहिलो जिएसएम सेवाको फोन गरे । जसले नोकियालाई विश्व बजारमा फैलिन अघोषित प्रचार गर्यो ।

सन् १९९२ मा आफ्ना १०११ मोडलको फोन मार्फत युरोप र अमेरिकाको बजारमा नोकिया फैलियो । १९९४ सम्म पुग्दा नोकियाले सार्वजनिक गरेको २१०० मोडलको मोबाइल फोनले नोकियालाई संसारकै उत्कृष्ट फोन निर्माता मात्र बनाएन उत्कृष्ट विक्रेता पनि बनायो । ४ लाख फोन विक्रिको लक्ष्य सहित सार्वजनिक भएको यो फोन २ करोड विक्रि हुन पुगेको थियो ।

१९९९ सम्म पुग्दा मोबाईल फोनको बजार ४० मिलियन बारबरी हुन्छ भन्ने अनुमानलाई नोकियाले गलत सावित गर्दै २ सय ५० मिलियन पुर्यायो । ९० को दशकमा नोकियाले विश्व बजारको २५ प्रतिशत हिस्सा आफ्नो पोल्टामा पारेको थियो ।

सन् २००० सम्ममा विश्वभरका उत्कृष्ट २० मोबाइल मोडलको नाम लिदाँ नोकियाकै वर्चस्व हुन्थ्यो । सन् २००३ मा मोबाइल फोन बजारको ७० प्रतिशत हिस्सा नोकियाको थियो । नोकिया संसारकै ठूलो मोबाईल उत्पादक र विक्रेता कम्पनी बन्यो ।

संसारकै ठूलो यो कम्पनी बजार, विक्रि र उत्पादनको गरुगों भारी सहित मोबाइलको मार्गमा एक्लै थियो । नोकियाकै मार्ग पच्छ्याउँदै स साना कम्पनी आईरहेका थिए । जसलाई नोकियाले ख्यालै गरेन् । थोरै पूँजी र हलुको भार सहित आएका ति कम्पनीहरु नोकियाको भारी भरकम बजारलाई उछिन्दै आगाडी गए । अर्थात नयाँ प्रविधि र मोबाइल फोनको स्वरुपमा परिवर्तन गरेर आएका ती कम्पनी नोकियलाई पछाडी पार्न सफल भए ।

युरोप र अमेरिका एन्ड्रोईड, गुगलको आगमनसगैं युरोपीयन र अमेरीकन बजारबाट नोकिया विस्तारै बाहिरियो । यतिन्जेलसम्म एसियाको केही हिस्सामा भने नोकियाकै बाहुल्यता थियो । यही समयमा फेरी एप्पल पनि मोबाइल फोनको बजारमा प्रवेश गर्यो । युरोप र अमेरिकामा गुगल जस्ता मोबाईल फोन चलिरहँदा एसिया र अफ्रिकाका बजारमा भने मोट्रोला र सामसुगंले आफ्नो प्रभुत्व विस्तार गरिरहेका थिए ।
ठूलो बजार हिस्साको ह्यागंओभर सहित मोबाइल फोन बजारमा नोकिया सुस्त सुस्त गतिमा चल्न थाल्यो । विरासतको गरुगों भारी सहित नोकिया मोबाईल फोन बजारमा पछाडी पर्न थाल्यो ।

इता चीनले गरिब देशका लागि दु्रत गतिमा फिचर फोनको विकास गर्न थाल्यो । भनिन्छ जतिबेरमा नोकियाका इन्जिनियर मोबाईलको डिजाईन बनाउथे त्यो भन्दा कयौँ कम समयमा चीनमा मोबाईल उत्पादन भईसक्थे । चीनको यो दु्रत मोबाईल उत्पादन देखेर संसारभरका ठूला मोबाइल कम्पनीले आफ्ना उत्पादन कक्ष चीनमा सार्न थाले ।

२००७ सम्म नोकियाले साना ठानेका गुगल र एप्पल २०१० सम्म आईपुग्दा नोकियाको बजार हिस्सा खोस्ने ठूलो कम्पनी बने । एप्पल र गुगलको अनपेक्षित विकास देखेपछि नोकियाले पनि आफना उत्पादनमा सुधार ल्याउन प्रयास नगरेको होइन् । तर नोकियाले आफुलाई कसरी सुधार गर्ने भनेर आन्तरिक छलफलमै लामो समय खर्च गर्यो । उसको त्यही फाईदा उठाउँदै गुगल, एप्पल र सामसुगंले मोबाईल बजारबाट नोकियाको होर्डिगं बोर्ड नै हटाउनुपर्ने अवस्था सिर्जना गरे ।

गुगल र एप्पलको आगमनसंगै विश्व बजार सफ्टवेरको दौडमा थियो । तर नोकिया हार्डवेरको भारी सहित बजारमा थियो ।एप्पल र गुगलसंग ५ लाख भन्दा धेरै मोबाईल एप्लीकेसन तयार थिए । गुगलले एन्ड्रोईड सिस्टम सबैका लागि खुल्ला गरेपछि संसारभरका एप विकासकर्ताका लागि भविष्यको बाटो खुल्ला भयो । जसको फलस्वरुप संसार एन्ड्रोइस सिस्टममा गयो । ग्लोबलाईजेशनको यो छलागंमा नोकिया पछाडी पर्यो ।

नोकियाले सुधारको नाममा दैनिक आफ्ना कर्मचारी घटाउन थाल्यो । सन २०११ मा आएर आफ्नो सिईओ पनि परिवर्तन गर्यो । सिईओको परिवर्तन संगै बजारमा कमब्याक गर्ने बाटो बनाउने प्रयासमा नोकिया लाग्यो ।

संसारभर खुल्ला बजार सहित एन्ड्रोइड फैलिएको थियो । तर नोकियाले भने एन्ड्रोइडको साटो माइक्रोसफ्टको साथ रोज्यो । कम्युटिरको लागि तयार पारिएको विन्डोज मोबाईलमा राखेर नोकिया विन्डोज फोन सहित बजारमा देखियो । कम्पूयुटरको विन्डोज मोबाइलमा मानिसले रुचाएनन् । आर्थत प्रयोगकर्ताका लागि विन्डोजसंग आवश्यक सफ्टवेर नै थिएनन् । यही गुगल र एप्पलसंग संसारभरका हरेक प्रयोगकर्ताको चाहाना अनुरुपका एप्लीकेसन थिए ।

कुनै समय एकलौटी राज गरेको नोकियाको मोबाइल फोन बजार अब मोबाईल फोन एप्लीकेसनका मालिक, एप्लीकेसन विकासकर्ता र मोबाईल फोन उत्पादकको भयो । पछिल्लो समयका मोबाईल बजारका तीन महत्वपूर्ण हाँगा गुगलको एन्ड्रोईड सिस्टममा सामेल हुन आए । यसरी गुगगलले आफ्नो एन्ड्रोईड सिस्टममा सबैलाई आर्कषित मात्रै गरेन, आफुमाथि निर्भर पनि बनयो ।

यता नोकियाले सार्वजनिक गरेको विन्डोज फोनले गुगलमाथिको यो निर्भरता कम गर्न सकेन् । नोकियाको पहिलो पुनरागमन व्यर्थ सावित भयो । एन्ड्रोईडले खुला बजार रोज्यो, एप्पलले अन्तरसम्बन्धित बन्द बजार रोज्यो जहाँ तेस्रो विकल्प भएर आएको नोकियालाई कसैले रोजेनन् ।

कसले डुबायो नोकिया ?

नोकियाले सन् २०१० को अन्तमा नयाँ सिईओ ल्याएको थियो । जसको नेतृत्वमा नोकियाले बजारमा विन्डोज फोन लुमिया सिरिज सहित आफ्नो उपस्थीती देखायो । नयाँ सिईओको रुपमा आएका स्टिीफन इलप नोकियामा सिईओ बन्नु अगाडी माईक्रोसफ्टका उच्च पदस्थ कर्मचारी थिए ।

बताईन्छ की उनले नोकियाका सबै आवश्यकता बुझेर पनि माईक्रोसफ्टलाई चर्चामा ल्याउनकै लागि नोकियालाई माईक्रोसफ्टको शरणागत बनाए । नोकियाको आफ्नै अपरेटिगं सिस्टम मि गो लाई समेत बन्द गरेर उनले नोकियालाई बजारबाट झन टाढा पुर्याए । अन्तर्राष्ट्रिय समाचार अनुसार स्टिीफनले माईक्रोसफ्टको सिईओ बन्ने लोभमा नोकियालाई माईक्रोसफ्टको विन्डोज अपरेटिगं सिस्टम प्रयोग गर्न बाध्य बनाएका थिए ।

विन्डोज फोनको असफलतापछि माईक्रोसफ्टले नोकियालाई ७.२ विलियनमा खरिद गर्यो । ५० विलियनको कम्पनी ७ विलियनमा विक्री भयो । नोकिया आफ्नो मातहतमा आएपछि माईक्रोसफ्टले नोकियाको हार्डवेर प्रयोग गरेर माइक्रोसफ्छ मोबाईल बजारमा पठायो ।
विन्डोज अपरेटिगं सिस्टम सहितको यो मोबाइल पनि असफल भयो । र यसैकारण माईक्रोसफ्टले नयाँ सिईओ ल्याउनु पर्यो । माईक्रोसप्mटका नयाँ सिईओ भएर गएका सत्या नडेलाले नोकिया खरिद गर्नु र्माइक्रोसफटको सबैभन्दा ठूलो गल्ती भएको बताएका थिए ।

नोकियाको पुनारगमन ?

सन् २०१६ मा नोकियाका पुराना केही कर्मचारी मिलेर एचएमडी ग्लोबल नामक कम्पनी स्थापना गरे । यो कम्पनीले अहिले नोकियाको ब्रन्ड नेम प्रयोग गरेर मोबाईल फोन निर्माण गरिरहेको छ । अब बजारमा एन्ड्रोइड सिस्टम सहितको नोकिया फोन पाउन थालिएको छ । नोकियाको यो पुनरागमन निकै सानो भएपनि नोकियाको नाम लोप हुनबाट भने जोगाएको छ । अहिले नोकियाले ४ सय भन्दा धेरै वितरक संसारभर राखेको छ । जुन पहिले नोकियाले गरेको थिएन् । अहिले ३ सय भन्दा धेरै सहरमा नोकियाका सर्भिस सेन्टर पनि उपलब्ध छन् ।


क्लिकमान्डु