नेपालमा लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई ढकालको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हाल स्थीर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण भएकोले नेपालका कैयौँ नयाँ क्षेत्रहरुमा लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।
स्वीट्जरल्याण्डको जेनेभामाजारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७ औँ सत्रलाई बिहीबार सम्बोधन गर्दै उनाँले नेपालमालामो राजनीतिक संक्रमण र अस्थिरतापछि स्पष्ट बहुमतको सरकार निर्माण भई राजनीतिक स्थायित्वप्राप्तभएको भन्दै लगानीकानयाँ र कैयौँ सम्भावनाहरुतर्फ विश्वकालगानीकर्ताहरुको ध्यानाकर्षण गराएका हुन् ।
नेपाल रोजगारदाता परिषदको अध्यक्ष समेत रहेका ढकालले नेपालीउद्योगीका हैसियतमा सम्बोधन गर्दै नेपालले श्रम सम्बन्धीकानुनमा हालै सुधार गरेको र यसबाट श्रमिककाहक अधिकारहरुको सुनिश्चिततामा उल्लेख्य व्यवस्था गरिएकोले औद्योगिक उत्पादन र रोजगारी सृजनाका क्षेत्रमा नेपालले अब उल्लेख्य उपलब्धि हासिलगर्ने अपेक्षागरिएको पनि स्पष्ट गरे ।
श्रमिकहरुको सामाजिक सुरक्षासहितकाविषयलाई समेत समेटेर श्रम कानुनमा गरिएको पछिल्लो यस सुधारले औद्योगिक सम्बन्धको विकास र प्रवद्र्धनका साथै श्रमिकहरुकालागिकार्यक्षेत्रमाहुने सहयोगमा ठूलो सघाउ पु¥याउने अपेक्षा नेपालकाउद्यामीहरुले गरेको ढकालले बताए ।
नेपालमा हालैका दिनमा विकसित राजनीतिक स्थीरताका कारण देशमा रोजगारीका थप सम्भावनाहरुको बृद्धि, औद्योगिक उत्पादन तथा सम्बन्धमा विकास र विस्तार तथा उत्पादकत्व र आर्थिक बृद्धिका क्षेत्रमा पनि उल्लेख्य प्रगति हुने अपेक्षा मुलुकको निजी क्षेत्रले गरेको धारणा पनि सो सम्बोधनमा राखे ।
यसरी गरिने औद्योगिकविकासले नेपालमा समावेशीआर्थिक विकास, रोजगारीकाप्रवद्र्धनर नयाँनयाँ क्षेत्रमा आर्थिक लगानीका अवसरहरु सृजनाहुने र यसले नेपालमा दिगो आर्थिक विकासमा सघाउ पुग्ने अपेक्षा नेपाल सरकार र नेपालको निजी क्षेत्रले गरेको पनि ढकालले बताए ।
आर्थिक बृद्धिले मात्रपनि सामाजिकन्यायहुननसक्ने भन्दै ढकालले आर्थिक विकासको प्रतिफल देशको तल्लो तहसम्म तथा निम्नबर्गका नागरिकसम्म पुग्न सक्नुपर्नेमा जोड दिँदै यसका लागि उद्यमशिलताको दिगो विकास र उचित नीतिको ठूलो महत्व रहने र यसले नै कुनै पनि देशको सामाजिक रुपान्तरणका लागि सघाउ पुर्याउने धारणा पनि उनले राखे ।