कामको लागि वैशाख महिनामै ५६ हजार युवा बिदेसिए



काठमाडौं । देशमा रोजगारीका अवसर नपाउँदा चालु आवको वैशाख महिनामा ५६ हजार ८७ युवा रोजगारीका लागि विश्वका विभिन्न देशमा पुगेका छन् ।

जसमा महिला कामदारको संख्या ३ हजार ३८ रहेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार वैशाख महिनामा नयाँ कामको खोजीका म्यानपावर मार्फत ३० हजार २ सय ४० जना युवा वैदेशिक रोजगारीका लागि विदेसिएका छन् । नयाँ कामको खोजीमा जाने कामदार मध्ये १९ सय ४४ जना भने महिला कामदार रहेका छन् ।

वैशाख महिनामा नयाँ कामको खोजीका सबैभन्दा बढी म्यानपार मार्फत १० हजार १ सय १४ युवा मलेसिया पुगेका छन् । यसैगरी नयाँ कामको खोजीका म्यानपावर मार्फत वैशाख महिनामा कतार ८ हजार ५ सय ८६, दुबई ५४ सय ६० र साउदी अरब जानको संख्या २९ सय ८३ रहेको विभागले जनाएको छ ।

वैशाख महिनामै इपीएस भाषा परीक्षा पास गरी सबै प्रक्रिया पुरा गरी कोरिया जाने कामदारको संख्या भने ९ सय ७८ जना छ । जसमा महिलाको संख्या ४७ रहेको छ ।

यसैगरी वैशाख महिनामा विदामा नेपाल आई पुनः रोजगारीकै लागि विदेश जाने कामदारको संख्या भने २२ हजार ४ सय ७९ रहेको छ । यस्तै गरी व्यक्तिगत भिसामा रोजगारीका लागि विदेश जानेको संख्या ८ सय ३९ र एकल वैधानिकरण गरी विदेश जानेको संख्या १५ सय ५१ रहेको छ ।


क्लिकमान्डु