कर्मचारीको तलब बढेन, भत्ता १ हजारले हजारले बढ्यो, २ लाखसम्मको बीमा गर्दा ५०% सरकारले तिरिदिने



काठमाडौं । सरकारले राष्ट्रसेवक निजामति कर्मचारीहरुको तलब बढाएन । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजानिक गर्दै कर्मचारीको तलब नबढाइएको जानकारी दिए ।

तर, तलब वृद्धिका लागि पुनरावलोकन आयोग गठन गर्ने अर्थमन्त्रीले जानकारी दिए ।

तर, सरकारले कर्मचारीको भत्ता भने १ हजारले  रुपैयाँले बढाएको छ ।

यसअघि महंगी भत्ता १ हजार पाउदै आएकोमा अब सबै कर्मचारीले महंगी भत्ता २ हजार पाउने भएका छन् । कर्मचारीहरुले अब वार्षिक १० हजार रुपैयाँ पोशाक भत्ता पाउने छन् ।

त्यसैगरी, निजामति कर्मचारीको २ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाइएको र त्यसको ५० प्रतिशत प्रिमियम सरकारले नै तिरिदिने अर्थमन्त्रीले बताए । ५० प्रतिशत बीमाशुल्क भने सम्बन्धीत कर्मचारीले नै तिर्नुपर्ने छ ।


पुष्प दुलाल