उद्योगमा प्रदेश ३ अगाडि, कर्णाली प्रदेश पछाडि



काठमाडौं । दर्ता भएका उद्योगमा प्रदेश ३ अगाडि देखिएको छ । सबैभन्दा कम उद्योग कर्णाली प्रदेशमा रहेको छ ।

प्रदेश १

प्रदेश नम्बर १ मा ६ सय ७३ वटा उद्योग दर्ता भएका छन् । यो प्रदेशमा सबैभन्दा धेरै उत्पादन मूलक उद्योगको संख्या ३ सय ६७ वटा रहेको छ । त्यसैगरी १ सय ७ वटा कृषि तथा वनजन्य उद्योग दर्ता भएका छन् ।
सबैभन्दा कम खनिज उद्योग २ वटा मात्रै दर्ता भएका छन् ।प्रदेश १ मा ६ सय ७३ वटा उद्योगबाट७३ हजार ६ सय १० जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ । उद्योगको संख्याको आधारमा प्रदेश १दोस्रो स्थानमा रहेको छ ।
प्रदेश नम्बर २

प्रदेश २ मा ४ सय ९१ वटा उद्योग दर्ता भएका छन् ।यो प्रदेशमा सबैभन्दा धेरै उत्पादनमुलक क्षेत्रमा ४ सय १६ वटा उद्योग दर्ता भएका छन् । त्यसैगरी सेवा क्षेत्रका ४० वटा उद्योग दर्ता भएका छन ।

कृषि तथा वनजन्य उद्योग अन्तर्गत २३ वटा उद्योग दर्ता भएका छन् । प्रदेश २ मा ४ सय ९१ वटा उद्योगबाट ५ हजार २ सय ४६ जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ । उद्योग संख्याको आधारमा प्रदशे २ पाँचौ स्थानमा रहेको छ ।

प्रदेश नम्बर ३

प्रदेश नम्बर ३ मा ४ हजार ९ सय ६१ वटा उद्योग दर्ता भएका छन् । यो प्रदेशमा सबैभन्दा धेरै सेवा क्षेत्रमा १ हजार ७ सय ३९ वटा उद्याग दर्ता भएका छन्। त्यस्तै उत्पादन मुलक क्षेत्रमा १ हजार ५ सय ८६ वटा उद्योग दर्ता भएका छन् ।

सबैभन्दा थोरै खनिज क्षेत्रमा ९ वटा उद्योग दर्ता भएका छन् । यो प्रदेशमा ४५ वटा सूचना उद्योग दर्ता भएका छन् ।सूचना सम्बन्धी उद्योग अन्य कुनै प्रदेशमा दर्ता भएका छैनन् ।

४ हजार ९ सय ६१ वटा उद्योगबाट ३ लाख ४५ हजार ९ सय ४७ जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ । उद्योग संख्याको आधारमा प्रदेश ३ पहिलो स्थानमा रहेको छ ।

प्रदेश नम्बर ४

प्रदेश नम्बर ४ मा ५ सय ५६ वटा उद्योग दर्ता भएका छन् । यो प्रदेशमा सबैभन्दा धेरै पर्यटन क्षेत्रसंग सम्बन्धीत २ सय ३३ वटा उद्योग दर्ता भएका छन् ।

त्यस्तै सबैभन्दा कम उद्योग निर्माण क्षेत्रसंग सम्बन्धीत ३ वटा उद्योग दर्ता भएका छन् ।

५ सय ५६ वटा उद्योगबाट ३२ हजार ४ सय ११ जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ ।उद्योग संख्याको आधारमा प्रदेश ४ तेस्रो स्थानमा रहेको छ ।

प्रदेश नम्बर ५

प्रदेश नम्बर ५ मा ५ सय ८ वटा उद्योग दर्ता भएका छन् । यो प्रदेशमा सबैभन्दा धेरै ३ सय ५० वटा उत्पादनमुलक उद्योग दर्ता भएका छन् ।

सबैभन्दा थोरै निर्माणसँग सम्बन्धीत २ वटा उद्योग दर्ता भएका छन् ।
यहाँ दर्ता भएका कुल ५ सय ८ उद्योगबाट ५२ हजार ९ सय ६५ जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ । उद्योग संख्याको आधारमा प्रदेश ५ चौथो स्थानमा रहेको छ ।

प्रदेश ६, कर्णाली

यो प्रदेशमा जम्मा ३८ वटा उद्योग दर्ता भएका छन् । यहाँ सबैभन्दा धेरै उर्जामुलक क्षेत्रमा १३ वटा उद्योग दर्ता भएका छन् । यहाँ कृषि निर्माण र सूचना सम्बन्धी कुनै पनि उद्योग दर्ता भएको छैन् ।

३८ वटा उद्योगबाट २ हजार ५ सय ६२ जनाले रोजागरी पाउने अपेक्षा गरिएको छ ।उद्योग संख्याको आधारमा प्रदेश ६ सातौँ स्थानमा रहेको छ ।

प्रदेश नम्बर ७

यो प्रदेशमा १ सय ७ वटा उद्योग दर्ता भएका छन् । यहाँ सबैभन्दा धेरै उत्पादन मुलक क्षेत्रमा ४१ वटा उद्योग दर्ता भएका छन् । सबैभन्दा कम निर्माण क्षेत्रमा एउटा मात्रै उद्योग दर्ता भएको छ ।

१ सय ७ वटा उद्यागबाट यहाँ ९ हजार २ सय ६३ जनाले रोजगारी पाउने अपेक्षा रहेको छ ।उद्योग संख्याको आधारमा प्रदेश ७ छैँठो स्थानमा रहेको छ ।

सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार देशभरमा सबैभन्दा धेरै उत्पादन मूलक उद्योग दर्ता भएका छन् ।कुल दर्ता उद्योगमा उत्पादन मुलक उद्योगको संख्या ३८.९ प्रतिशत रहेको छ ।

त्यस्तै सेवा मुलक उद्योगको संख्या २७.८ प्रतिशत रहेको छ भने उद्योगको संख्या १० प्रतिशत रहेको छ ।


क्लिकमान्डु