बुद्ध एयरको वाराणसीमा साताको २ उडान, अफरको छुटै व्यवस्था



काठमाडौं । प्रदायक विमान सेवा कम्पनी बुद्ध एयरले साताको २ उडान गर्ने भएको छ ।

एयरले भारतको वाराणसीमा आउँदो असार १५ गतेदेखि साताको २ उडान गर्न लागेको कम्पनीका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।

निर्देशक बस्नेतले यसअघि वाराणसीमा मासिक २ उडान भर्ने गरेका बताए ।
बुध्द एयरले उडानसँगै नेपाली तथा भारतीय यात्र र तिर्थालुहरुलाई भारी छुटमा पर्यटकीय तथा धार्मिक यात्रा प्याकेज पनि उपलब्ध गराउने भएको छ ।
कम्पनीले छुटका लागि यही साता भित्रै मन्त्रालय तथा विभागहरुमा निवेदन बुझाउने जानकारी दिएको छ ।

बुध्द एयरका रिसर्च तथा डेभलपमेण्ट विभागकी आस्था बस्नेतले नयाँ बन्न लागेको वेवपोर्टल युजर फ्रेण्डली हुने र यसबाट केही क्लिकमै नेपालका पर्यटकीय तथा तिर्थस्थालुहरु बारे सजिलै जानकारी पाउने बताइन् ।

वेवपोर्टलमा नेपालका रमणीय स्थलहरु सम्बन्धी मल्टि मिडिया तथा फोटो फिचरहरु हुने छन् ।

आरएण्डीकी एक्जुकेटिभ अफिसर बस्नेतले बुध्द एयरको होलिडे प्याकेजहरुबाट बुद्ध एयरलाई मात्र नभई सबै सरोकारवालाहरुलाई उत्तिकै फाईदा हुने बताइन् ।

बुद्ध एयरले केही साता अगाडी मात्रै ‘पशुपतिनाथ दर्शन’ र ‘विविध वाराणसी’ यात्राबारे भिडियोहरु सामाजिक सञ्जालबाट सार्वजनिक गरेको थियो ।
नेपाली यात्रुहरुको लागि वाराणसी, सारनाथ, गया, बोधगया, इहालावाद, प्रयाग, अयोध्यालक्षित प्याकेजहरु रहेको उनले जानकारी दिइन् ।


क्लिकमान्डु