निजगढ अन्तराष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मुल्यांकन स्वीकृत



काठमाडौं । बाराको निजगढमा बनाउन लागिएको अन्तराष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्याकंन(इआइए) स्वीकृत भएको छ ।

इआइए स्वीकृत भएसँगै अन्तराष्ट्रिय विमानस्थल बनाउने बाटो खुल्ला समेत भएको छ ।

काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमास्थलको आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजना हो । जग्गा अधिग्रहण बाहेक आयोजना निर्माणमा अन्य काम अगाडि बढेको छ ।

पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीले ट्वीटरमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन स्वीकृत भएको जानकारी दिए । उनले आयोजना निर्माणको काम अगाडि बढाउने बाटो खुलेको समेत बताएका छन् ।


क्लिकमान्डु