राजविराज विमानस्थलमा बिहीबार पहिलो परीक्षण उडान



काठमाडौं । सप्तरी जिल्ला सदरमुकाममा निर्माण भएको राजविराज विमानस्थलमा जेठ १० गते बिहीबार पहिलो परीक्षण उडान हुने भएको छ । विमानस्थलमा श्री एयरलाइन्सले बिहीबार परीक्षण उडान गर्ने भएको हो । विमानस्थलको परीक्षण उडानमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी समेत जाने भएका छन् ।

यो विमानस्थलको उद्घाटन मन्त्री अधिकारी, पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्रीसमेत रहिसकेका सप्तरी क्षेत्र नम्बर २ का सांसद उपेन्द्र यादव, पूर्व मन्त्री एवम् राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवसहित विशिष्ट व्यक्तित्वहरुले संयुक्त रुपमा गर्ने तयारी भएको छ । विमानस्थल उद्घाटन बिहीबार भएपनि नियमिती उडान भने १५ दिनपछिबाट गरिने श्री एयरलाइन्सले जनाएको छ ।

राजविराज विमानस्थलमा श्री एयरलाइन्सको ७२ सिट क्षमताको सिआजे जहाज मार्फत गर्नेछ । यो विमानस्थलको निर्माण २०१६ सालमा तत्कालीन यातायात मन्त्री स्व.गणेशमान सिंहद्वारा शिलान्यास भएको थियो ।

१५ सय मिटरक लम्बाई तथा ३० मिटर चौडाई भएको धावन मार्ग, ६० मिटर चौडाई र ९० मिटर लामो एप्रोन तथा ११० मिटर लामो र २० मिटर चौडा ट्याक्सी वे रहेको विमानस्थमा पहिलो पटक परीक्षण उडान हुन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए ।


क्लिकमान्डु