७ देशका स्टील, सिमेन्ट र उर्जा उत्पादकलाई नेपालमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह




काठमाडौं । स्टिल, सिमेन्ट र उर्जा क्षेत्रमा काम गर्ने उद्योगी, व्यवसायीहरु एवं सरोकारवालाहरुलाई एउटै साझा थलोमा ल्याई व्यवसायिक अन्र्तक्रिया गराउने उदेश्यले नेपाल ट्रेड समिट सम्पन्न भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रमुख अतिथीको रुपमा समिटको औपचारिक उद्घाटन गर्दै देशमा अझै पुर्वाधारहरु धेरै बन्न बाँकी रहेको र मुलुक लोडसेडिङ मुक्त भई लगानीको वातारण बनेकोले नेपालमा लगानी गर्न अनुरोध गरे ।

उद्योगी प्रदिप कुमार श्रेष्ठले देशमा लगानीको लागि धेरै अवसरहरु रहेको बताउदै छिमेकी मुलुकहरुका लगानीकर्ताहरुलाई नेपालमा साझेदारी गर्न स्वागत गरे । कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा लगायत लगानी बोर्डका कार्यकारी महाप्रसाद अधिकारीले कार्याक्रममा सम्बोधन गरे ।

कार्यक्रममा नेपाली प्रतिष्ठीत युवा व्यवसायीहरु युवा बक्ताको रुपमा रहेका थिए । स्टिलमिन्ट इभेन्टस् इन्डियाले आयोजना गरेको सो कार्यक्रममा नेपाल र छिमेकी मुलुकका स्टिल, सिमेन्ट र उर्जा क्षेत्रका औद्योगिक बिकास बारे बुझ्ने अवसर प्राप्त गरेका थिए । त्यसैगरी चीन तथा अन्य मुलुकहरुबाट प्राप्त हुन सक्ने कच्चा पदार्थको मुल्याङ्कन, यस उद्योग क्षेत्रमा नयाँ अवसरहरुका बारेमा बुझ्ने, भावी दिनमा हुने कच्चा पदार्थको माग र आपूर्तीको अवस्था बारे जान्ने, निमार्ण क्षेत्रका समस्यालाई सम्बोधन गर्ने लगायत यस क्षेत्रको प्राबिधिक ज्ञानको बारे जानकारी गराइएको थियो ।

नेपाल, भारत लगायत ७ राष्ट्रका प्रतिष्ठित स्टिल उद्योगीहरु, सिमेन्ट र उर्जा उत्पादकहरुको बिशेष सहभागिता रहेको कार्यक्रममा ३ सयभन्दा बढि प्रतिनिधिहरु, २५ भन्दा बढि प्रर्दशनकत्र्ताहरुको सहभागिता जनाएका थिए ।


क्लिकमान्डु