खाद्य स्वच्छता दिवस मनाईयो




काठमाडौं । सर्वसाधारण नागरिकको स्वास्थ्य सुविधा कायम राख्न र खाद्य पदार्थमा कुनै किसिमको मिसावट विरुद्ध जनचेताना जगाउन खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागले देशभरी एक महिने जनचेतना अभियान शुरु गरेको छ ।

दशौ राष्ट्रिय खाद्य स्वच्छता दिवसको अवसरमा देश व्यापी कायक्रम अन्तर्गत धरानमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । झापा, मोरङका खाद्य र पोषण अध्ययनरत विद्यार्थीहरुको सहभागीतामा विभिन्न चेतनामुलक प्लेकार्डसहित ¥याली निकालिएको छ । केन्द्रीय प्रविधि क्याम्पस हातीसारबाट भानुचौकमा पुगेर ¥याली टुङगीएको थियो ।

खाद्य प्रविधी तथा गुण नियन्त्रण क्षेत्रीय कार्यलय विराटनगर र केन्द्रीय प्रविधी क्याम्पसको सहकार्यमा प्रभातफेरीको आयोजना गरिएको खाद्य प्रविधी तथा गुण नियन्त्रण क्षेत्रीय कार्यलय विराटनगरका प्रमुख प्रमोद कोईरालाले जानकारी दिए ।

सोही दिन हातिसारमा मोरङ र सुनसरीका क्याम्पसका विद्यार्थीहरु विच ‘हामी सबैको सरोकारः खाद्य श्रृंखलामा स्वच्छता र गुणस्तर’ विषयमा व्यक्तित्व कला प्रतियोगितासमेत गरिएको थियो । ६ वटा क्याम्पसका १२ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा केन्द्रीय प्रविधि क्याम्पस धरानकी शुष्मा पौडेल(विटेक) प्रथम, शुष्मिता बस्नेत दोश्रो र निलगिरी कलेज इटहरीकी दिक्षा तिमसिना तेश्रो र केन्द्रीय प्रविधी क्याम्पस धरानकै अनुज कार्की चौथो भएका छन् ।

बजारमा भएको खाद्य बस्तुमा हुने अनियमितता र अराजक बजारलाई नियन्त्रण गर्न विद्यालयस्तरबाटै जनचेतना जगाउन देशव्यापाी अभियान शुरु गरिएको कोईरालाले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा झापा, मोरङ, सुनसरी, सप्तरी र सिराहाका १० विद्यालयहरुका कक्षा ९ र १० का १ हजार विद्यार्थीहरुलाई खाद्य स्वच्छता र गुणस्तर विषयमा जानकारी गराउने कार्यक्रम रहेको छ ।

६ गतेसम्म पूर्वमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेर ७ गते देखि खाद्य प्रविधी तथा गुण नियन्त्रण क्षेत्रीय कार्यलय हेटौडाले कार्यक्रम आयोजना गर्ने छ । देशभरी विरानगर, हेटौडा, काठमाण्डौ, नेपालगञ्ज र धनगढीको क्षेत्रीय कार्यलयहरुले संयोजनको भूमिका निर्वाह गरेको विराटनगर क्षेत्रीय प्रमुख प्रमोद कोईरालाले जानकारी दिए ।


क्लिकमान्डु