ट्वीटर चलाउनुहुन्छ ? त्यसोभए तत्काल पासवर्ड बदल्नुहोस्,




काठमाडौं । सामाजिक सञ्जाल ट्वीइटरले आफ्ना ३३ करोड बढी प्रयोगकर्तालाई पासवर्ड बदल्न आग्रह गरेको छ ।

‘आन्तरिक जाँचमा पाइएको थियो कि पासवर्ड चोरिएको हैन र, ती पार्सवर्डको गलत उपयोग गरिएको छैन,’ ट्वीटरले भनेको छ ।

सावधानी अपनाउनु पर्ने सबै प्रयोगकर्ताहरुलाई उनीहरुको पासवर्ड परिवर्तन गर्न सुझाब दिएको हो । तर, यसका कारण कति पासवर्ड प्रभावित भए, यो कुरा कम्पनीले अहिलेसम्म खुलाएको छैन ।

रोएटर्ससँगको कुराकानीमा साइटले यो गल्ती केही हप्ताअघि थाहा भएको बताएको छ । ट्वीटरका चिफ एक्जिक्यूटिव जैक डोर्सेले ट्वीट गरेका छन्, ‘एक टेक्नीकल समस्याका कारण केही पासवर्ड कम्पनीको आन्तरिक कम्प्यूटर सिस्टममा स्टोर भएको थियो । टुइटरमा एक ब्लग पोस्ट गर्दै भनिएको छ कि हामीलाई यो कुराको जानकारी छ कि यहाँ यस्तो केही हुँदैछ ।’

प्रयोगकर्ताहरुलाई आफ्नो ट्वीटर एकाउन्ट ह्याक हुनबाट बचाउनका लागि पासवर्ड परिर्तन गर्न अनुरोध गरिएको छ । बीबीसी हिन्दीबाट


क्लिकमान्डु