चार वर्षभित्र १० हजार किलोमिटर राजमार्ग निर्माण गर्दै चीन



काठमाडौं । चीन सरकारले सन् २०२२ सम्म १० हजार किलोमिटर लामो राजमार्ग निर्माण गर्ने भएको छ ।
पछिल्लो समयमा भौतिक पूर्वाधार निर्माण्मा विशेष जोड दिएको चीनले विशेष गरी गुइझाउमा पूर्वाधार निर्माणलाई केन्द्रीत गरेको छ ।

राजमार्गका निर्माणले सो राज्यको करिब ८० प्रतिशत गाँउ तथा ग्रामीण क्षेत्रलाई राज्यको मूल प्रवाहमा जोड्ने मात्रै छैन, गरिबीको रेखामा रहेका नागरिकको जीवनस्तर समेत उकास्ने लक्ष्य राखेको छ ।

गुइझाउका यातायात विभागका प्रमुख गाउ विइदोङले हाम्रो महत्वाकाक्षी परियोजना तोकिएको समय भन्दा अगावै पूरा हुन्छ ।

जलमार्ग, विमानस्थल र रेलमार्ग निर्माण जारी रहेको छ । ३५ मुख्य जलमार्गको परियोजना सुरु भएका छन् । गुइझाउमा ११ वटा विमानस्थल समेत मिर्नाण भइरहेका छन् । ती विमानस्थल मध्ये केही आगामी ३ वर्षभित्र सम्पन्न हुनेछन् भने ६ वटा सन् २०२० सम्म पूरा लक्ष्य राखेको छ ।

प्रान्तलाई एक क्षेत्र एक मार्ग परियोजना भित्र राखेर निर्माण कार्य अगाडि बढाइएको छ । गुइझाउलाई हाई स्पिड टे«नको हव बनाउने योजना समेत अगाडि सारिएको छ । १ हजार ८७ माइल लामो हाइड स्पिड ट्रेन आगामी ५ वर्ष भित्र निर्माण सम्पन्न हुनेछ ।

गुइझाउ चीनको असाध्यै अप्ठ्यारो स्थानको रुमपा लिइने गरिन्छ । ९०० बिलियन डलर खर्च गरेर परम्परागत व्यापार क्षेत्रलाई नयाँ आधारमा अगाडि बढाउने चीन सरकारको लक्ष्य रहेको छ ।

चीन सरकारले अगाडि बढाएको सो क्षेत्रको विकासलाई उसैको शब्दमा एउटा सो केशको रुपमा परिभाषित गरेको छ । संसारका १२० भन्दा बढी देशका कुटनीतिज्ञलाई समेत चीन सरकारले सो क्षेत्रको भ्रमण गराइसकेको छ । विशेष गरी ६९ राजमार्ग राजमार्ग निर्माणका क्रममा छन् ।


क्लिकमान्डु