सगरमाथाको शिखरमा पृथ्वी नारायण शाहको मूर्ति




सोलुखुम्बु । सगरमाथा आरोहणको सिजन सुरु भएसँगै आरोहीको संख्यामा बृद्धि भएको । आज (जेठ २ गते) मात्रै ४१ जनाविदेशी र ५३ जना शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन् ।

यो बर्षको आरोहणमा २२ औँ पटक सगरमाथा आरोहण गरेर कामिरिता शेर्पाले विश्व किर्तिमान कायम गरेका छन् । बुधबार बिहान ८ बजे उनले सगरमाथा आरोहण गरेका हुन् ।

कामिरिता शेर्पा

त्यस्तै पेम्बा शेर्पाले पृथ्वीनारायण शाहको मुर्ति सगरमाथामा लगेर अर्को किर्तिमान कायम गरेका छन् । उनले १७ औँ पटक सगरमाथा आरोहण गरेका हुन् । मे १४ तारिखबाट सुरु भएको यो बर्षको आरोहण अझै केही साता निरन्तर हुने आधार शिविरमा रहेका सरकारी सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

आरोहणको पहिलो दिन ५० जनाले सगरमाथाको सफल आरोहण गरेका थिए । १३ मेमा ८ जना शेर्पाले आरोहणका लागि बाटो बनाउने कार्य पूरा गरेसँगै यो बर्षको आरोहण सुरु भएको थियो ।

हालसम्म आरोहणका क्रममा कुनै पनि दुर्घटना नभएको जानकारी श्रेष्ठले दिएका छन् । आरोहण सुरु भएको तीन दिनमा १ सय ४४ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् ।


क्लिकमान्डु