महालक्ष्मी विकास बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता




काठमाडौं । महालक्ष्मी विकास बैंकले सिटिजन लाइफ इन्स्योरेन्ससँग मिलेर बैंकासुरेन्सको सुरुवात गरेको छ ।

बैंकले ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवादिने अभिप्रायले बैंकासुरेन्सको सुरुवात गरेको हो ।

बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सिटिजन लाइफइन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले एक समारोहबीच बैंकासुरेन्सको सम्झौता हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंकबाट उक्त कम्पनीको जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण जीवन बीमा सेवा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

महालक्ष्मी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । बैंकले चैत्र मसान्तसम्म २५ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७१ वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या ३ लाख ९० हजार बढिरहेका छन् ।


क्लिकमान्डु