सूर्या लाइफको हकप्रद खुल्यो, असार ३ सम्म किन्न पाइने




काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रत शेयरको निष्कासन तथा विक्री खुल्ला गरेको छ । कम्पनीले २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रद शेयरको निष्कासन तथा विक्री खुल्ला गरेको हो ।

कम्पनीले १०ः४ अर्थात १० कित्ता सेयर हुने सेयरधनीलाई ४ कित्ताका दरले हकप्रद दिन लागेको हो ।

हकप्रद शेयर निष्कासन तथा विक्री आज (बैशाख ३१) देखि असार ३ गतेसम्म खुल्ला रहने कम्पनीले जानकारी दिएको छ । हकप्रद शेयरका लागि एनआईसी एशिया क्यापिटल बबरमल, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरि सि–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा तीनका शाखा र सूर्या लाईफ इन्स्योरेन्स कम्पनीका शाखाहरुबाट दरखास्तका लागि रकम बुझाउन सकिने छ ।

सि–आस्वा माध्यमबाट हकप्रद शेयर अरिदको लागि आवेदनको लागि अनिवार्य शेयर डिम्याट गरिसकेको हुनु पर्नेछ ।

यस बाहेक अन्य माध्यमबाट दरखास्त दिन चाहने शेयरधनीहरुले हकप्रद शेयरको विक्री बन्द हुनुअघि एनआईसी एशिया क्यापिटलको नाममा खिचिएको एकाउण्टपेयी ड्राफ्ट तथा हकप्रद शेयर खरिदका लागि दरखास्त फारम सिधै हुलाक वा कुरियरद्धारा एनआईसी एशिया क्यापिटलमा पठाउन सक्ने छन् ।

हकप्रद विक्री बन्द भएको ७ दिनपछि प्राप्त भएको ड्राफ्ट र आवेदन फारमलाई शेयर बाँडफँडमा समावेश नगरिने कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु