सन्दीप लामिछानेलाई दोस्रो ओभरमै सफलता, पार्थिभलाई गरे आउट




काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले भारतीय टोलीका प्रमुख खेलाडी रहिसकेका पार्थिभ पटेललाई आउट गरेका छन् । उनले आफ्नो दोस्रो ओभरमै आफ्नो टीम दिल्ली डेयर डेभिल्सलाई सफलता दिएका हुन् ।

ओपनिङ बलिङ गरेका सन्दीपले पहिलो ओभरमा ६ रन दिएका थिए । उनले आफ्नो दोस्रो ओभरको पहिलो बल भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीलाई गरेका थिए । सन्दीपको बलमा कोहलीले एक रन लिएका थिए ।

त्यसलत्तै दोस्रो बलमा पार्थिभ पटेलले चौका प्रहार गरेका थिए । तेस्रो बलमा सन्दीपले पार्थिभलाई एलबीडब्लु आउट गरेका हुन् । अहिले दिल्ली र रोयल च्यालेन्जर बैंगलोरबीच खेल चलिरहेको छ ।


क्लिकमान्डु