प्रिमियर इन्स्योरेन्स र गण्डकी बिकास बैंकबीच बैंकास्योरेन्स सम्झौता




काठमाडौं । प्रिमियर इन्स्योरेन्स र गण्डकी बिकास बैंकबीच बैकास्योरेन्स सम्झौता भएको छ ।

सो सम्झौता पत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सूद्यूम्न प्रसाद उपाध्याय र बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

सो सम्झौता पश्चात् गण्डकी बिकास बैंकका ग्राहकहरुले, बैंकको कुनैपनि शाखाबाट प्रिमियर इन्स्योरेन्सको बीमा सेवा लिन, प्रिमियम रकम बुझाउन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

यसबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपमा बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने विश्वास बैंक र इन्स्योरेनसले विश्वास लिएको छ ।


क्लिकमान्डु