५ वर्षको वारेन्टी भएको सिजीको फ्रिज बजारमा




काठमाडौं । सिजीले नयाँ फ्रिज भित्राएको छ । सिजीले ग्राहकहरुलाई मध्यनजर गर्दै ५ वर्ष वारेन्टी सहितका फ्रिज बजारमा ल्याएको हो ।

नयाँ भित्राइएको फ्रिजमा आकर्षक उपहारहरुको पनि योजना ल्याइएको सिजी कम्पनीले जानकारी दिएको छ ।

आकर्षक डिजाइनिङ र बेस स्ट्याण्डमा ड्रोयर सहितको फ्रिज बजारमा ल्याइएको हो । सो फ्रिजमा बिजुली नभएको समयमा पनि १२ घण्टासम्म खाना स्वच्छ र ताजा रहिरहने कम्पनीको दाबी छ ।

यी फ्रिज कम्पनीका सम्पूर्ण डिलरहरुमा विक्रीका लागि उपलब्ध छ ।


क्लिकमान्डु