आइएमई जनरल इन्स्योरेन्स र बिएण्डबि अस्पतालबीच सम्झौता



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र बिएण्डबि अस्पतालबीच ग्राहकहरुलाई नगद रहित हस्पिटलाईजेशन सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमासम्म अस्पातालबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । साथै ग्राहकहरुको स्वास्थ सेवामा सहजपहुचलाई सुनिश्चित गर्नेछ ।

यस इन्स्योरेन्सले बैंक तथा वित्तीय संस्थाहरु, व्यापारिक प्रतिष्ठानहरु, उद्योगी तथा व्यापारी लगायत सम्पूर्ण ग्राहक महानुभावहरुसंग सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै बीमा क्षेत्रमा उच्चकोटीको सेवा प्रदान गर्ने प्रतिवद्धता सहित आफ्ना कार्यहरु विस्तार गर्दै जानेछ ।

उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र अस्पतालका उपनिर्देशक डा. निरज लाल बैद्यले हस्ताक्षर गरेका थिए ।


क्लिकमान्डु