मेगा बैंकमा ९९ जनालाई जागिरको अवसर




काठमाडौं । मेगा बैंकले ९९ जनालाई जागिरको अवसर दिने भएको छ । बैंकले मेनेजरदेखि एसिस्टेन्ससम्मको पदमा ९९ जनाका लागि जागिर खुलाएको हो ।

बैंकले कर्पोरेट अपिसमा म्यानेजर पदका लागि १ जना माग गरेको छ ।

यस्तै, अफिसर पदमा ३ तहका लागि ३१ जना माग गरिएको छ । बैंकले उपत्यका र उपत्का बाहिरका शाखाका लागि अफिसरहरु माग गरेको हो ।

साथै, एसिस्टेन्ट पदमा ३ तहमा ६७ जना माग गरिएको छ । बैंकले उपत्यका र उपत्का बाहिरका शाखाका लागि एसिन्टेन्ट माग गरेको हो ।

आवेदकले जेठ ९ गतेभित्रमा बैंकको वेवसाइट www.megabanknepal.com/job बाट अनलाईन आवेदन दिन सक्नेछन् । आवेदन फारममा एसएलसीदेखि सम्पूर्ण शैक्षिक प्रमाणपत्र र प्रष्ट उमेर खुलाएर आवेदन दिनुपर्ने बैंकले जानकारी दिएको छ ।


क्लिकमान्डु