हेर्नुस् यो जिल्लामा यति छन् सिण्डिकेटधारी यातायात ब्यवसायी समिति




काठमाडौं । सार्बजनिक यातायातमा सिण्डिकेट लागू गर्ने यातायात ब्यवसायी समितिहरुको सबैभन्दा बढी उपस्थिति राजधानी काठमाडौंमा नै रहेको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा पनि यस्ता समितिहरुको उपस्थिति बाक्लो छ ।

झापामा ११ वटा यातायात समिति रहेका छन् । झापाका हिमाल, उज्यालो, पाथीभरा, दमक ट्याक्सी, पूर्वञ्चल जीप, मेची बस, पूर्वान्चल, पूर्वी नेपाल बस, मेची जीप, मेची यातायात र कन्काई यातायात गरी ११ वटा समिति छन् ।

मोरङमा ४ वटा यातायात समिति रहेका छन् । मोरङमा नेपाल रात्री तथा दिवा यातायात संघ, पूर्व नेपाल यातायात बस व्यवसायी संघ, मोरङ मिनिबस व्यवसायी संघ र मोरङ बस व्यवसायी संघ गरी ४ वटा यातायात समिति रहेका छन् ।

सुनसरीमा १० वटा यातायात समिति रहेका छन् । सुनसरीमा कोशी बस, पूर्वाञ्चल यातायात, सप्तकोशी बस, संयुक्त बस, सार्वजनिक सिद्धार्थ, सुनसरी यातायात, ओम् साइराम बस, संयुक्त पारबहन, ओम साई संघ र विक्रम टेम्पो सिण्डिकेट लगायतका यातायात समितिहरु छन् ।

उदयपुरमा हिमाली यातायात व्यवसायी संघ रहेको छ ।

ओखलढुङगामा माथिल्लो सगरमाथा बस व्यवसायी संघ, हिमाल तराई बस व्यवसायी संघ र मध्यपहाडी बस व्यवसायी संघ रहेको छ ।

संखुवासभामा संखुवासभा यातायात व्यवसायी संघ, चैनपुर यातायात व्यवसायी संघ र हिमाल पहाड तराई संयुक्त रात्री तथा दिवा बस व्यवसायी संस्था रहेको छ ।

सप्तरीमा ९ वटा यातायात समिति छन् । सप्तरीमा सथरमाथा यातायात, सगरमाथा ट्रक ढुवानी यातायात, सप्तकोशी माइको व्यवसायी, ओम साई माईक्रो व्यवसायी, हनुमान नगर, संयुक्त रात्री बस, स्वतन्त्र टेम्पो व्यवसायी, पूर्वी हिमाली यातायात संघ र सगरमाथा जीप, भ्यान तथा मिनिमाईक्रो यातायात व्यवसायी रहेका छन् ।

नुवाकोटमा पासाङ ल्हामु यातायात सेवा समिति र नगर यातायात सेवा समिति रहेको छ । ललितपुरमा ललितपुर मिनिबस व्यवसायी संघ रहेको छ ।

मकवानपुरमा ६ वटा यातायात समिति रहेका छन् । मकवानपुरमा नारायणी यातायात, टेम्पो तथा झौला यातायात, मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी, मध्यमाञ्चल यातायात व्यवसायी, मकवानपुर ढुवानी व्यवसायी संघ र मकवानपुर पेट्रोलियम डिर्लस एशोसिएसन रहेका छन् ।

काठमाडौंमा ७७ वटा यातायात समिति रहेका छन् । डीपी सेवा यातायात, नेपाल यातायात, थानकोट यातायात, दहचोक यातायात, जनता यातायात, मातातिर्थ यातायात, मच्छेगाउँ यातायात, स्वयम्भू यातायात, अन्नपूर्ण टेम्पो समिति, सामाखुशी माइक्रो बस समिति, बालाजु माइक्रो बस समिति, बालाजु मिनिबस जम्बो हाइस, कागबेनी यातायात, बिहानी यातायात, हिमाल तराई पहाड यातायात, गोर्खा माईक्रो यातायात, सिटी यातायात, पाँचपोखरी यातायात, कान्तिपुर यातायात र बुढानिलकण्ठ यातायात समिति रहेका छन् ।

यस्तै बसुन्धारा यातायात, टोखा छहरे यातायात, किर्तिपुर मिनि यातायात, दक्षिणकाली यातायात, विपि यातायात सेवा समिति, अग्नी यातायात सेवा, भक्तपुर मिनि बस सेवा समिति, शुभम यातायात, शुभयात्रा यातायात, साइनो यातायात, वेलकम यातायात, सुगम यातायात, हेटौडा सुमो सेवा, हाम्रो सुमो सेवा, हाम्रो वोम दिव्य, काठमाडौं सुमो ससेवा, दहचोक यातायात, लालीगुरासँ सुमो, भेरी यातायात, गण्डकी यातायातm धौलागिरी यातायात, बागेश्वरी यातायात, कष्ण सार यातायात, नमस्ते नेपाल यातायात, काक्रेँ बिहार यातायात, राप्ती यातायात, पृथ्वी राजमार्ग यातायात समिति, मध्यपश्चिम यातायात, सुदुरपश्चिम यातायात, महाकाली यातायात, नारायणी यातायात, पश्चिम नेपाल यातायात, रोलवालिङ यातायातलगायतका यातायात समितिहरु रहेका छन् ।

यस्तै उपत्यकामा कागबेली यातायात, बिहानी यातायात, मध्य उपत्यका बस व्यवसायी संघ, ललितपुर समिति बस व्यवसायी संघ, सिटी यातायात व्यवसायी समिति, थानकोट मिनिबस व्यवसायी सेवा संघ, संयुक्त यातायात संचालक समिति, साखुँ बस व्यवसायी समिति, नेपाल यातायात मिनिबस सेवा समिति, ध्म्रबराह यातायात, ग्यास तथा मझौला यातायात व्यवसायी संघ, भक्तपुर मिति बस सेवा समिति, मध्यपुर यातायात सद्भाव समिति, महालक्ष्मी चक्रपथ यातायात व्यवसायी समिति, बालाजु मिनिबस व्यवसायी समिति, उपत्यका स्वयम्भु बस व्यवसायी समिति, बुढानिलकण्ठ यातायात, किर्तिपुर मिनिबस व्यवसायी संघ, काभ्रे मिनिबस सेवा समिति, काभ्रे बस व्यवसायी समिति, अरनीको यातायात सेवा समिति, बिपि राजमार्ग सेवा समिति, जनता यातायात सेवा समिति, हिमाल तराई यातायात सेवा समिति, कान्तीपुर यातायात व्यवसायी संघ रहेका छन् ।

चितवन यातायात व्यवसायी संघ, ओम शान्ति माइक्रो तथा मिनिबस व्यवसायी समिति, मध्य नेपाल यातायात व्यवसायी संघ, नेपाल यातायात व्यवसायी समिति, चितवन टेक्सी व्यवसायी समिति, चौतारी यातायात व्यवसायी समिति, चितवन माइक्रो व्यवसायी समिति, चितवन टेम्पो, माइक्रो तथा मिनिबस व्यवसायी समिति गरी ८ वटा समिति रहेको छ ।

सिन्धुलीमा १० वटा यातायात समितिहरु रहेका छन् । सिन्धुलीमा सिन्धुली यातायात व्यवसायी सेवा समिति, विपि राजमार्ग यातायात सेवा समिति, मध्यपहाडी पुष्पलाल लोक मार्ग सडक यातायात सेवा समिति, सिन्धुली चकमके तिलपुङ सडक यातायात सेवा समिति, फिक्कल यातायात सेवा समिति, मध्य तराई यातायात सेवा समिति, कमलामाई यातायात सेवा समिति, मरिण कमलाजन मैत्री यातायात सेवा समिति, सिन्धुलीगढी यातायात सेवा समिति, सिटी भिलेज यातायात सेवा समिति नामक यातायात समिति रहेका छन् ।

कास्कीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा बस व्यवसायी समिति, ट्याक्सी व्यवसायी समिति, बेगनासताल बस सञ्चालक समिति, स्थानीय श्रृङ्ग बस सञ्चालक समिति, गण्डकी यातायात व्यवसायी समिति गरी ७ वटा यातायात समिति रहेको छ ।

स्याङजामा आधिखोला यातायात समिति, कालीगण्डकी यातायात व्यवसायी समिति, गण्डकी यातायात व्यवसायी समिति गरी ३ वटा यातायात समिति रहेको छ ।

यस्तै लमजुङमा एक मात्र लमजुङ कालिका बस समिति रहेको छ । गोर्खामा एक मात्र यातायात व्यवसायी समिति रहेको छ ।

तनहुँमा आरामदायी माईक्रो बस समिति, मस्र्याङदी यातायात व्यवसायी समिति, व्यास भूमी यातायात व्यवसायी समिति गरी ३ वटा यातायात समिति रहेको छ ।

पर्वतमा एक मात्र पर्वत यातायात व्यवसायी समिति रहेको छ ।

नवलपरासी पूर्वमा लकेबेसी यातायात व्यवसायी समिति र नवलपुर जीप तथा मिनिबस व्यवसायी समिति री २ वटा यातायात समिति रहेको छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिममा मध्य नेपाल यातायात व्यवसायी समिति रहेको छ ।

म्याग्दीमा म्याग्दी जीप तथा बस सञ्चालक समिति, म्याग्दीकाली यातायात व्यवसायी समिति र म्याग्दी ट्याक्सी व्यवसायी समिति गरी ३ वटा यातायात समिति रहेको छ ।

बाग्लुङमा धौलागिरी अञ्चल बस व्यवसायी समिति, धौलागिरी अञ्चल जीप व्यवसायी समिति र धौलागिरी अञ्चल ट्याक्सी व्यवसायी समिति गरी ३ वटा यातायात समिति रहेका छन् ।

अर्घाखाँचीमा देउराली यातायात व्यवसायी समिति र पश्चिम नेपाल बस व्यवसायी समिति गरी २ वटा समिति रहेका छन् ।

प्यूठानमा एक माज्ञ स्वर्गद्धारी सार्वजनिक यातायात व्यवसायी समिति रहेको छ । रोल्पामा जलवला यातायात व्यवसायी समिति नामक एक मात्र समिति रहेको छ ।

कपिलबस्तुमा कपिलबस्तु यातायात व्यवसायी समिति, कृष्णनगर यातायात व्यवसायी समिति, सिद्धार्थ यातायात व्यवसायी समिति, पश्चिम नेपाल बस व्यवसायी समिति र बुटवल यातायात व्यवसायी समिति गरी ५ वटा समिति रहेको छ ।

रुपन्देहीमा पश्चिमाञ्चल बस व्यवसायी समिति, सिद्धार्थ यातायात बस व्यवसायी समिति, बुटवल यातायात व्यवसायी समिति, लुम्बिनी ट्याक्सी व्यवसायी समिति, पश्चिमाञ्चल यातायात व्यवसायी समिति, लुम्बिनी ट्रक व्यवसायी समिति गरी ६ वटा समिति रहेको छ ।

काभ्रेपलान्चोकमा हेलम्बु यातायात सेवा समिति, हिमाल तराई यातायात सेवा समिति, काभ्रे मिनिबस व्यवसायी संघ, काभ्रे बस सेवा समिति र अरनिको यातायात व्यवसायी समिति गरी ५ वटा समिति रहेका छन् ।

सिन्धुपालचोकमा आमा हयोल्मो यातायात समिति, हिमशिखर यातायात सुमिति, हेलम्बु यातायात समिति, सुनकोशी यातायात व्यवसायी समिति, जलबीरे यातायात समिति, बाह्रबिसे यातायात समितिलगायतका ६ वटा यातायात समिति रहेका छन् ।

बर्दियामा एक मात्र कृष्णसार बस व्यवसायी समिति रहेको छ ।

दाङमा राप्ती सार्वजनिक यातायात व्यवसायी समिति, अम्बिकेश्वरी यातायात व्यवसायी समिति, तुल्सीपुर जीप तथा मिनी माइक्रो बस व्यवसाय समिति, तुलसीपुर ट्याक्सी व्यवसायी समिति, देउखुरी ट्याक्सी व्यवसायी समिति, स्वर्गद्धारी टिप्पर व्यवसायी समिति र संयुक्त ट्रक व्यवसायी समिति गरी ७ वटा समिति रहेका छन् ।

गुल्मीमा पश्चिम नेपाल बस व्यवसायी संघ, गुल्मी यातायात व्यवसायी संघ, रेसुङ्गा मिनी माइक्रो व्यवसायी समिति गरी ३ वटा समिति रहेको छ ।

पाल्पामा पश्चिम नेपाल बस व्यवसायी समिति, श्रीनगर यातायात समिति, रामपुर यातायात समिति गरी ३ वटा समिति रहेको छ ।

यस्तै बाँकेमा भेरी अञ्चल यातायात व्यवसायी समिति, सार्वजनिक भेरी यातायात समिति, बागेश्वरी यातायात व्यवसायी समिति, सनराईज यातायात व्यवसायी समिति, नमस्ते नेपाल यातायात व्यवसायी समिती, भेरी अञ्चल टेम्पो, जीप, भयन यातायात व्यवसायी संघ, पूर्व पश्चिम यातायात व्यवसायी संघ, भेरी अञ्चल ट्रक मिनिट्रक, ट्याङ्कर यातायात व्यवसायी समिति गरी ८ वटा समिति रहेका छन् ।

सल्यानमा एक मात्र सल्यान–रुकुम यातायात व्यवसायी समिति रहेको छ । जाजरकोटमा भेरी गंगा यातायात व्यवसायी संघ रहेको छ ।

सुर्खेतमा भेरी, कर्णाली ट्रक तथा ट्रयाक्टर व्यवसायी संघ, मध्यपश्चिम यातायात व्यवसायी समिति, कर्णाली यातायात व्यवसायी संघ, काक्रेविहार यातायात व्यवसायी संघ, कर्णाली रिभर, सुदुर पश्चिम यातायात व्यवसायी, देउती ननगरीक, सुर्खेत बुलबुले गरी ८ वटा समिति रहेका छन् ।

यस्तै दैलेखमा ज्वाला यातायात, हिमाल यातायात व्यवसायी, भेरी, कर्णाली ट्रक तथा ट्रयाकटर व्यवसायी संघ गरी ३ वटा समिति रहेको छ ।

कञ्चनपुरमा महाकाली सेती यातायात व्यवसायी समिति, महाकाली सेती बस तथा मिनिबस व्यवसायी समिति र पवनदुत यातायात व्यवसायी समिति गरी ३ वटा समिति रहेको छ ।

कैलालीमा सुदुर पश्चिम यातायात व्यवसायी समिति, मालिका यातायात व्यवसायी समिति, सुदुर पश्चिमाञ्चल यातायात व्यवसायी समिति, कर्णाली रिभर साईट यातायात व्यवसायी समिति र सेती सार्वजनिक यातायात व्यवसायी समिति गरी ५ वटा समिति रहेको छ । यस्तै डडेल्धुरामा एक मात्र उग्रथारा यातायात व्यवसायी समिति रहेको छ ।


क्लिकमान्डु