गरिमा  बैंक र रिलायबल  इन्स्योरेन्सबीच सम्झौता




काठमाडौं । गरिमा विकास बैंक र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकासुरेन्ससेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

सो सम्झौता पश्चात बैंकका सम्पूर्ण ५७ वटा शाखा कार्यालयबाट इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सेवा प्राप्त गर्न सक्ने जनाइएको छ ।

विकास बैंकले आफ्ना ग्राहकहरुलाई प्रवाह गर्ने सेवामा विविधिकरण गर्दै जाने शिलशिलामा बैंकासुरेन्स कार्य पनि एक महत्वपूर्ण कार्य रहेको प्रमूख कार्यकारी अधिकृत ढकालले बताए ।


क्लिकमान्डु