राष्ट्रियसभामा बैठक शुरु




काठमाडौं । संघीय संसद् राष्ट्रियसभाको सोमबारको बैठक शुुरु भएको छ ।

बैठक शुरु भएलगत्तै राष्ट्रियसभाका सदस्यले विशेष समय लिएर बोल्ने क्रम जारी छ । बैठकको शुरुमा सुमनराज प्याकुरेलले मध्यपुर ठिमी नगरपालिकाका प्रमुखमाथि भएको आक्रमणको छानबिन गर्न माग गरे ।

बैठकमा ‘राष्ट्रियसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५’ माथि छलफल हुने कार्यक्रम छ ।


क्लिकमान्डु