विदेशी बीमा कम्पनीका शाखामा ब्यवस्थापन समुह, सिइओलाई ६ महिना कुलिङ पिरियड




काठमाडौं । बीमा समितिले विदेशी बीमा कम्पनीका नेपाल शाखामा ब्यवस्थापन समुह भएर त्यसैलाई संचालक समितिको अधिकार दिनुपर्ने ब्यवस्था गरेको छ । समितिले बिमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका २०७५ जारी गर्दै यस्तो ब्यवस्था गरेको हो ।

‘विदेशी बीमकको शाखा कार्यालयले यस निर्देशिकाको दफा ३ र ११ को सम्बन्धमा कार्यकारी प्रमुखको संयोकत्वमा बरिष्ठ कर्मचारीहरु मध्येबाट एक जना बैकल्पिक सदस्य सहित कम्तिमा दुई जना नेपाली कर्मचारी समेत रहने गरी ३ सदस्यीय ब्यवस्थापन समुह गठन गर्नुपर्नेछ,’ समितिले जारी गरेको निर्देशिकामा भनिएको छ । दफा ३ मा बीमकको संचालक समितिको काम कर्तब्य र अधिकार उललेख गरिएको छ भने दफा ११ मा विनियमावली तथा दिग्दर्शन (म्यानुअल) तथा कार्यविधि तयार गर्नुपर्ने ब्यवस्था छ ।

यस्तै समितिले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई ६ महिना कुलिङ पिरियड तोकेको छ । यसको अर्थ एउटा कम्पनी छोडेपछि सिइओले बाँकी ६ महिनासम्म अर्काे कम्पनीको सिइओ बन्न पाउने छैन ।

‘एउटा बीमकको कार्यकारी प्रमुख उत्त बीमकको सेवाबाट निबृत्त भएको ६ महिनाको अबधि पूरा नभएसम्म अर्काे बीमकको कार्यकारी प्रमुखको रुपमा नियुक्त हुन पाउने छैन,’ निर्देशिकामा भनिएको छ ।

सिइओको रुपमा नियुक्तिको लागि छनौट भएको ब्यक्तिालाई नियुक्त गर्नुभन्दा २१ दिन अगाडि उक्त ब्यक्तिसँग गरिएको करार तथा निजको योग्यता तथा अनुभव सम्बन्धि विवरण र निजले तयार पारेको ब्यवसायिक योजना कम्पनीले बीमा समितिमा पेश गर्नुपर्ने ब्यवस्था गरिएको छ ।


क्लिकमान्डु