आइएमई इन्स्योरेन्स र स्टार हस्पिटलबीच सम्झौता



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र स्टार हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

इन्स्योरेन्सका नायव महाप्रबन्धक पवन थापा र स्टार प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म स्टार हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त गर्नेछन् ।


क्लिकमान्डु