यस्तो देखियो बल्खु-कलंकी सडकखण्ड (फोटोफिचर)




काठमाडौं । चीन सरकारको आर्थिक सहयोगमा कोटेश्वर–कलंकी खण्डको १०.३९ किलोमिटर सडक विस्तार भइरहेको छ । चीनको सांघाई कन्सट्रक्सन ग्रपुले कोटेश्वर–बल्खुसम्मको ८.९ किलोमिटर सडक विस्तार गरी सकेको छ ।

कम्पनीले अहिले बल्खुदेखि कलंकीसम्मको साढे एक किलोमिटर सडक विस्तार गरिरहेको छ ।

कम्पनीले २०७० असारदेखि चक्रपथको कलंकी–कोटेश्वर सडक विस्तारको काम गरिरहेको छ । चिनीयाँ कम्पनीले २०७३ पुस महिनासम्ममा सडक विस्तार गर्नेगरी ठेक्का लिएको थियो । २०७२ सालको भूकम्प र भारतको अघोषित नाकाबन्दीलाई कारण देखाउँदै कम्पनीले तोकिएको समयमा सडक विस्तारको काम सकेको छैन । सोही कारण देखाउँदै कम्पनीले २०७५ असार महिनासम्ममा विस्तार सक्नेगरी डेढ बर्ष सम्झौता अवधि थप गरेको थियो ।

तोकिएकै समयमा सडक विस्तार हुन नसक्दा बल्खु भएर कलंकीसम्मको यात्रा गर्नेहरु धुलोको चपेटामा पर्ने गरेका छन् । कोटेश्वरदेखि बल्खुसम्मको चिल्लो सफा सडकमा यात्रा गरेका यात्रुहरु बल्खु प्रवेश गरेसँगै धुलोको भूमरीमा फस्ने गरेका छन् । त्यो साढे एक किलोमिटर सडक धुलोका कारण पार गर्नका लागि यात्रुलाई निकै सकस हुने गरेको छ ।

विस्तारको क्रममा सो सडकखण्डबाट गड्ने गाडीहरु दिनकै उज्यालोमा कृत्रिम प्रकाशबाट गन्तव्य ठम्याउन बाध्य हुन्छन् । पैदल यात्रुहरु धुलोका कारण आँखा खोल्न असहज भए पनि सडक दुर्घटानमा परिने डरका कारण आँखै पिरोहुने धुलोमा यात्रा गर्न बाध्य छन् ।


क्लिकमान्डु