जनता बैंकद्वारा ब्यायाम मेसिन हस्तान्तरण




काठमाडौं । जनता बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत नेप्लीज पार्किन्सन डिजीजएसोशिएनलाई ब्यायाम मेसिन हस्तान्तरण गरेको छ ।

पार्किन्सन रोगीहरुलाई परामर्श तथा उपचारमा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाई बिरामीहरुको ब्ययाम सुविधाको लागि मेशिन हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकको सहायक महाप्रबन्धक तथा काठमाडौं क्षेत्रीय प्रमुख कल्याण पाँडेले एसोशिएसनका अध्यक्ष रत्न राजेश्वरी थापालाई मेशिन हस्तान्तरण गरेका हुन् ।

मेशिन हस्तान्तरणको अवसरमा सस्थाका महासचिव मुनाल सुवेदीले पार्किन्सन रोगीहरु पनि समाजका अंग भएकोले उनीहरुलाई उचित परामर्श दिन पर्ने बताए ।


क्लिकमान्डु