आइएमई लाइफ इन्स्योरेन्स र सेन्चुरी बैंकबीच बैंकासुरेन्स सम्झौता



काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी र सेन्चुरी बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ ।

उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र सेन्चुरी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले हस्ताक्षर गरे ।

सो बैंक सम्झौतापछि बैंकका ग्राहकहरुले सेन्चुरी बैंकका कुनै पनि शाखाबाट छिटो छरितो र सहज रुपमा आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ५० स्थानबाट विभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ ।

कम्पनीले सामान्य सावधिक , बाल शिक्षा , आजिवन , नगदर्फिता , साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजना ल्याएको छ । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पुर्याई नेपालमा जीवन बीमा विस्तार गर्नु रहेको छ ।


क्लिकमान्डु