नेपाल बङ्गलादेश बैँक र रिलाएबल नेपाल लाईफ ईन्स्योरेन्स बिच बैंकासुरेन्स सम्झौता
नेपाल बङ्गलादेश बैक र रिलाएबल नेपाल लाईफ ईन्स्योरेन्सका बिचमा बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैकको तर्फबाट बैकका नायव कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात बैकका सम्पुर्ण ग्राहकहरुले बैँकका ५५ वटै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।