एशियन लाइफलाई १२ प्रतिशत बोनस बाड्न रोक, ६ प्रतिशत दिने



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले दिने भनेको बोनस सेयर घटाएको छ ।

एशियनको संचालक समितिले १२ प्रतिशत बोनस सेयर त्यसमा लाग्ने करको लागि ०.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गत फागुनमा गरेको थियो ।

बीमा समितिले एशियनले प्रस्ताव गरेको लाभांश वितरणमा रोक लगाएपछि कम्पनीले ६ प्रतिशत बोनस सेयर यसमा लाग्ने करको लागि ०.३२ प्रतिशत नगद लाभांश दिने भएको हो ।

एशियनको चुक्ता पुँजी १ अर्ब २० करोड छ ।


क्लिकमान्डु