स्ट्रिट विश्वकप फुटबलमा नेपाल खेल्ने



काठमाडौं । सडक तथा असहाय बालबालिकाका लागि विश्वकप फुटबल प्रतियोगिता ‘स्ट्रिट चाइल्ड वल्डकप २०१८- फिउचर डिपेन्स अन यु’ मा नेपालले सहभागिता जनाउने भएको छ ।

सेल्टर आश्रय नेपालले सन् २०१८ को मे १० देखि १८ तारिख सम्म रुसको राजधानी मस्कोमा आयोजना हुन फुटबल प्रतिगोतितामा सहभागिता जनाउन लागेको हो ।

स्ट्रिट चाइल्ड युनाइटेडले आयोजना गर्न लागेको विश्वकपमा २२ देशबाट २४ टोलीको सहभागिता रहने छ ।

नेपाली टोलीको विश्वकप यात्रा सहज बनाउनका वेस्टार प्रपटीज, बालकुमारी ललितपुर, शंकर ग्रुप, कोरिया साउथ इष्ट पावर कम्पनी, नेपाली वाटर एण्ड इनर्जी डेभेलोपलेम्ट कम्पनी (एनडब्ल्यूइडिसी), कोकाकोला, गोल्डस्टार सुज, एनएमबी बैंक, सनराइज बैंक र नेपाल एस बि आइ बैंक लगायतका विभिन्न संघ–संस्थाले सहयोग गरेका छन् ।

सेल्टर आश्रय नेपालले सोमबार पत्रकार सम्मेलन गर्दै सहभागी छात्र र छात्रामा टिमलाई जर्सी प्रदान गरेको छ ।


क्लिकमान्डु