ज्योति र यूनियन लाइफबीच सम्झौता




काठमाडौं । ज्योति विकास बैंक र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीबिच बैंकासुरेन्स सम्झौता भएको छ । बैंक कामु प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्सका वरिष्ठ नायब महाप्रवन्धक कपिल कुमार ढकाल शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सो सम्झौतासँगै बैंकका सम्पूर्ण शाखा कार्यालयहरु मार्फत इन्स्योरेन्सको जीवन बीमा योजना तथा बीमीतहरुले सेवा सुविधा लिन सक्नेछन् ।

बैंकले ५० वटा शाखा र १४ वटा एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकले १५ अर्व ६ करोड रुपैयाँ निक्षेप संकलनगरी १३ अर्व ८५ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । बैंकको चुक्तापूँजी २ अर्व ५९ करोड रुपैयाँ छ ।


क्लिकमान्डु