१४ घण्टापछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुचारु



काठमाडौं । बिहिबार बेलुका उडानको क्रममा धावन माार्गबाट चिप्लिएर चौरमा धासिएको मालिन्दो एयरको जहाज दुर्घटना भएको १४ घण्टापछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सेवा सुचारु भएको छ ।

दुर्घटनाग्रस्त जहाजलार्इ विमानस्थलको पूर्वतर्फको बुद्ध एयरको ह्याङ्कर नजिकै राखिएको छ । त्यसपछि अन्तर्राष्ट्रिय उडान सुरु गरिएको छ ।

नेपाली सेनाका , प्रहरीका , नेपाल वायुसेवा निगमका कर्मचारीले दुई वटा जेसिबी, दुई वटा क्रेन र दुई वटा टोबार प्रयोग गरी विमान तानेका थिए।

मालिन्दो एयरको जहाज बिहिबार बेलुका ९ः४५ मा मलेसिया उडानको क्रममा अनियन्त्रित भएर धावनमार्गबाट चिप्लिएर दक्षिणतर्फ १३९ फिट अगाडि गएर धसिएको थियो ।


क्लिकमान्डु