आन्तरिक उडान खुल्यो



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ११ घण्टादेखि बन्द भएको उडान तथा अवतरण आंशिक रुपमा खुला भएको छ । विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडान तथा अवतरण खुल्न केही समय लाग्ने भएपनि आन्तरिक उडान खुला भएको छ ।

कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार सवाँबाट आन्तरिक तर्फको उडान खुला भएको हो । तर, अन्तर्राष्ट्रिय तर्फको उडान तथा अवतरण खुल्न भने अझै केही समय लाग्ने ठाकुरले जानकारी दिए ।

बिहिबार बेलुका ९ः ४५ मा उडानको क्रममा मालिन्दो एयरको जहाज धावनमार्गबाट चिप्लिएर चौर तफै भासिन पुग्दा विमानस्थल पूर्ण रुपमा बन्द थियो ।

जहाज धावनमार्ग छोडेर घाँसे मैदानमा पुगेको थियो । जसका कारण अहिलेसम्म विमानस्थल पूर्ण रुपमा बन्द भएको थियो ।

दुर्घटनाबाट जोगिएको जहाज हटाउन केही समय लाग्ने विमानस्थल कार्यालयले जनाएको छ ।कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार धावनमार्गबाट जहाजलाई पार्किङ वे तर्फ ल्याउने काम जारी छ । उनका अनुसार अझै विमान हटउन २ देखि ३ घन्टा लाग्छ । विमान हटाइसकेपछि मात्रै बन्द अन्तर्राष्ट्रिय तर्फको उडान खुला हुन्छ ।

जहाजमा १ सय ३३ यात्रु सहित चालकदलका गरी १३९ सबै सकुशल रहेको कार्यालयले जनाएको छ । जहाज ध्वान मार्ग सकिएपछि १३० फिट दक्षिण तर्फ जोतिन पुगेको थियो ।
जहाज ध्वान मार्गबाट चौर तिर गएपछि विमानस्थल बन्द गरिएको हो ।

मालिन्दोको उडानलगत्तै अवतरण गर्न तयार भएका जेट एयरवेज र मलेसियन एयरका जहाज लामो समयसम्म काठमाडौंमाथि घुमिरहेका थिए। तर, विमानस्थल नखुलेपछि जेट एयरवेज दिल्लीतिर पुग्यो भने मलेसियन एयर बंगलादेशको ढाका पुगेको थियो।

दुर्घटनाग्रस्त जहाज निकाल्ने प्रयास भइरहेको छ । ननिकालेसम्म धावनमार्ग नखुल्ने सम्भावना रहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए।


क्लिकमान्डु