अन्जन भण्डारी उत्कृष्ट जीवन बीमा अभिकर्ता




काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रमा प्रिमियम संकलकको अन्जन भण्डारी यो वर्ष पहिलो स्थानमा रहेका छन् ।

लाईफ इन्स्योेरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल)मा अभिकर्ताको रुपमा कार्यरत भण्डारीले यस वर्ष सबैभन्दा धेरै प्रिमियम संकलन गर्ने अभिकर्ताको रुपमा स्थान बनाउन सफल भएका हुन् ।

भण्डारी यसअघि पनि लगातार दुई वर्ष नेपालको उत्कृष्ट जीवन बीमा अभिकर्ताको रुपमा सम्मानित भईसकेका छन् ।

भण्डारीले यो वर्षपनि एलआईसीको विश्वभर भएको २१ वटा शाखाहरुमध्ये नै सबैभन्दा धेरै प्रिमियम संकलन गर्न सफल भएको र उत्कृष्ट अभिकर्ता समेत भएका छन् । उनले यसअघि पनि एलआईसीबाट उत्कृष्ट अभिकर्ताको सम्मान ग्रहण गरिसकेका छन् ।

उनलाई कम्पनीले उच्चतम बीमा शुल्क आर्जन गरेको भन्दै उत्कृष्ट अभिकर्ता भएको जानकारी समेत दिएको छ । यसअघि पनि उनलाई कम्पनीले लगातार दुई वर्ष सम्मान गरिसकेको छ ।

युवा अभिकर्ताको रुपमा परिचित भण्डारी केबल २८ वर्षका छन भने उनले नेपालको बीमा क्षेत्रमा प्रिमियम संकलन तथा सरकारलाई सो बापत बुझाउनुपर्ने करको क्षेत्रमा विगत ३ वर्षदेखि लगातार उत्कृष्ट हुँदै आएका छन् ।


क्लिकमान्डु