यूनाइटेड इन्स्योरेन्सले २४० प्रतिशत हकप्रद दिने



काठमाडौं । चुक्ता पुँजी बढाउनको लागि युनाइटेड इस्योरेन्सले २४० प्रतिशत हकप्रद सेयर दिने भएको छ ।

निर्जीवन बीमा कम्पनीले २०७५ असार मसान्तभित्रमा १ अर्ब चुक्ता पुँजी पुर्याउनुपर्छ ।

यूनाइटेडको अहिलेको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँ छ । यूनाइटेडले अहिलेको चुक्ता पुँजीमा २४० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।

हकप्रद जारी भएपछि कम्पनीको चुक्तापुँजी १ अर्ब २ करोड पुग्ने छ ।


क्लिकमान्डु